arrow

गोदावरी नगरपालिकाको आपतकालिन कोषमा राणा, महर्जन र घिमिरेले गरे सहयोग

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
rana2.jpg

ललितपुर। कोरोना भाइरस कोभिड-१९ रोकथाम र नियन्त्रण लागि गोदावरी नगरपालिकाले स्थापना गरेको आपतकालीन कोषमा पुर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा, नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ क र ख प्रदेशका उम्मेदवार मीनकृष्ण महर्जन, ऋषिराम घिमिरेले १ लाख १ हजार सहयोग गरेका छन्। सहयोग रकम तीनै जना नेता नगरपालिका कार्यालयमा उपस्थित भई नगर प्रमुख गजेन्द्र महर्जनलाई हस्तान्तरण गरेका थिए। 

कोरोना भाइरसको संकटबाट बच्न र महामारीको नियन्त्रण गर्न स्थानीय सरकारले गरेको प्रयासलाई सघाउन आफूहरुले सहयोग गरेको नेताहरुले बताए।

रकम हस्तान्तरण पछि बोल्दै पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले नेपाल सरकारले निर्णय गरेको एकद्वार प्रणाली अन्तर्गत नै रहेर सहयोग रकम हस्तान्तरण गरेको बताए। 

नेता राणाले भने, "हामी लगायत विभिन्न व्यक्ति संघसंस्थाले सहयोग गरेको रकमबाट आवश्यक स्वास्थ्य सामग्री, राहत जे आवश्यकता पर्छ त्यसमा स्थानीय सरकारले हेरेर खर्च गर्ने हो,हामीले बाहिरबाट स्वास्थ्य सामग्री,राहत सामग्री वितरण गर्ने हाम्रो काम होइन हाम्रो काम भनेको यस्तो अवस्थामा सरकारलाई सघाउने हो।"

नेता राणाले राष्ट्रिय विपतिको घडीमा सबैले सरकारलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरे। नेता राणाले सरकारले लागु गरेको लकडाउनको पालना गर्दै घरमै सुरक्षित बस्न सबैलाई आग्रह समेत गरे।

नेता राणा, महर्जन र घिमिरेले आफ्नो क्षेत्रभित्र रहेका कोन्ज्योसोम, बागमती,मंहाकाल गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण गर्ने तयारी गरेको बताए। उनीहरुले भोलि नै ती गाउँपालिकाको आपतकालीन कोषमा ५० हजारका दरले सहयोग रकम हस्तान्तरण गर्ने बताए।

नगरप्रमुख गरिन्न महर्जनले राहतकोषमा जम्मा भएको रकम कार्यपालिकाको बोर्ड बैठकले निर्णय गरी निष्पक्ष तरिकाले खर्च गरिने बताए।
नेता राणा,महर्जन र घिमिरेले विगतमा पनि प्राकृतिक विपति, भूकम्प, बाढी पहिरोका समयमा पनि राहत र सहयोग गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ