arrow

भायनेटमा साइवर हमला गरी ग्राहकको डाटा सार्वजनिक, साइवर क्राइम अन्तर्गत मुद्धा दायर 

सेवा प्रवाहमा समस्या नआउने

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
vianet-logo.jpg

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटमा साइवर हमला गरी एक लाख ६० हजार भन्दा बढी ग्राहकको विवरण ह्याकरले सार्वजनिक गरेको छ। ह्याकरले अनाधिकृत रुपमा भायनेटको डाटामा प्रवेश गरी ग्राहकको नाम, इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरेको हो।

इन्टरनेट संचालनमा कुनै क्षति नपुर्‍याइए पनि अनधिकृत रुपमा सर्वरमा पसेर ग्राहकका व्यक्तिगत विवरणहरु ह्याक गरी सार्वजनिक गरिएकोले साइवर क्राइम अन्तर्गत अनुसन्धान र कारवाहीको लागि मुद्दा दर्ता गरिएको भायनेटका म्यानेजिङ डाइरेक्टर बिनय बोहोराले जानकारी दिए। सेवा प्रवाहमा भने केही समस्या नआएको समेत जानकारी दिए।

ह्याकरले तथ्याङ्क चोरी गरेर टि्वटर ह्यान्डलमार्फत सार्वजनिक गरेका थिए। डाटा सार्वजनिक गर्दा उनीहरुले नेपालीभाषा प्रयोग गरेका कारण समेत नेपाली ह्यकरहरुले नै चोरी गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ।

कम्पनीले आन्तरिक अनुसन्धान सुरु गरेको भायनेटका म्यानेजिङ डाइरेक्टर बोहोराले जानकारी दिए। केही समय अघि समेत खानेकुरा होमडेलिभरी गर्ने कम्पनी ‘फुडमान्डुका ग्राहकको समेत तथ्याङ्क ह्याक गरी सार्वजनिक गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ