arrow

एनआईसी एशिया बैंकको वर्ल्डरेमिट र अर्विटरेमिटमार्फत ५० बढी देशबाट रेमिट्यान्स पठाउन सकिने

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
nicasia-remiitance.jpg

काठमाडौं। वर्ल्डरेमिट र अर्विटरेमिट मार्फत घरबाटै ५० भन्दा बढी देशबाट एनआइसी बैंकको खातामा रेमिट्यान्स पठाउन सकिने एनआइसी एसिया बैंकले जनाएको छ। एनआइसी एशिया बैंक र वल्ड रेमिट तथा अर्विट रेमिटसँग भएको सहकार्यले यो सम्भव भएको जनाएको छ।

यी रेमिट मार्फत एनआइसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइनबाट रकम जम्मा गर्न सकिन बताइएको छ। कोरोना भाइरसको कारण सृर्जित समस्यालाई सहज गराउन बैंकले विदेशमा रहेका परिवारका आफन्तले पठाएको रकम नेपालका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको बताएको छ।

विदेशबाट वर्ल्डरेमिटबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट www.worldremit.com/en/nepal मा लगइन गरी आफन्तको खातामा रकम पठाउन सकिने बताएको छ। साथै यसरी रकम पठाउँदा ३ फ्रि प्रोमो कोर्ड प्रयोग गरी ३ वटा ट्रान्फर निशुल्क गर्न सकिने समेत जनाएको छ।

त्यसैगरी अर्विटरेमिट मार्फत www.orbitremit.com/nepal मा गएर लगइन गरेर घरमै बसी एनआईसी एशिया बैंकको खातामा रकम जम्मा गर्न सकिने छ। बेलायत, अष्ट्रेलिया, न्युजिल्याडबाट रकम पठाउन सकिने जनाएको छ। पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्ने जनाइएको छ जसको लागि FREE2NPR प्रोमो कोर्ड प्रयोग गर्नु पर्ने बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खानियाद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ