कोरोनाबाट बच्न सिकाउने गुरुङको निधन, यूकेमा निधन हुने तेस्रो नेपाली
प्रकाशित २०७६ चैत २७ बिहिबार
957
Shares
लन्डन। कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । तर कस्लाई के थाहा २ हप्ता अघी कोरोनाबाट बच्ने तरिकादेखि सामाजिक दुरी कायम गर्ने सम्मको सन्देश सामाजिक सञ्जालमा शेयर गर्ने पूर्वगोर्खा सैनिक चेतप्रसाद गुरुङ यति चाँडै कोरोनकै शिकार होलान भनेर।
बिडम्बना अरुलाई सचेत गराउने गुरुङ आफै ५८ बर्षको उमेरमै कोरोना संक्रमणबाट जीवन गुमाउन पुगे।
तमुधिँ लण्डन इकाईका वरिष्ठ उपाध्यक्ष रहेका चेतप्रसाद गुरुङको मंगलबार साँझ लण्डन ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको हो।
बेलायतबाट पत्रकार कुश बस्नेतले हाम्राकुरालाई गुरुङको निधनको जानकारी दिए। नेपालमा पर्वत स्थायी घर भएका गुरुङ लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । उनी १४ दिनदेखि अस्पतालमा उपचाररत थिए ।
कोरोना संक्रमणका कारण बेलायतमा यसअघि पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र पेशाकर्मी प्रशान्त अर्यालको निधन भइसकेको छ।
बेलायत यतिखेर कोरोनाको चपेटामा नराम्ररी फसेको छ। बेलायती प्रधानमन्त्री स्वयं अस्पताल भर्ना छन्।