सञ्चारकर्मीलाई दुर्व्यवहार गर्ने धनकुटा प्रशासनले माफी माग्यो, पत्रकारसँग लिखित सहमती
प्रकाशित २०७६ चैत २७ बिहिबार
841
Shares
धनकुटा। गत चैत्र २६गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटाका लागि कोभिड १९ भाईरसबाट सुरक्षित हुने स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाएको तथा दुर्व्यवहार गरिएको घटनामा प्रशासनले माफि मागेपछि सहकार्य गरेर अगाडि बढ्ने लिखित सहमती भएको छ ।
बुधबार साँझ भएको छलफलमा नेपाल पत्रकार महासंघमा निर्वतमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, महासंघका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरि लम्जेल, सदस्य पूर्ण चौधरी र प्रमुख जिल्ला अधिकारी केशवकुमार विमलीविच सहकार्य गरेर अगाडि बढ्ने सहमती भएको हो।
पत्रकार माथि भएको अपमान प्रहरीका तर्फबाट भएपनि आफुले पछि मात्र जानकारी पाएको उल्लेख गर्दै प्रजिअ विमलीले सो घटनाको पूर्ण जिम्मेवारी आफुले लिने बताए। अब हुने सबै जिल्लाका सबै गतिविधिमा नेपाल पत्रकार महासंघमा एकिकृत सुचना प्रदान गर्ने एवं सहकार्य गरेर सर्वसाधारणले पाउने सूचनाको हक पूर्ण रुपमा कार्यन्वयन गर्ने लिखित सहमती भएको पत्रकार खगेन्द्र घिमिरेले जानकारी दिए।
पत्रकारमाथि दुर्व्यवहारको बिरुद्धमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले विज्ञप्ती निकाली बिरोध जनाएका थिए।