arrow

‘ट्रेजेडी क्विन’ का अघि पर्दा राजकुमार र धर्मेन्द्रलाई आउँथ्यो पसिना

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
rajkuma-dharmendra.JPG

काठमाडौं । ५० को दशकका भारतीय चलचित्रहरुमा एक निकै राम्री अभिनेत्री हुने गर्थिन् । जसको अभिनयका साथै सौन्दर्यमा मानिसहरु झुम्मिने गर्थे । ती नायिका थिइन् बलिउडकी ‘ट्रेजेडी क्विन’ मानिने मिना कुमारी । १९३३ मा मुम्बईमा जन्मिएकी उनले बालकलाकारको रुपमा आफ्नो अभिनय सुरु गरेकी थिइन् । साथै राम्रो अभिनयको कारण लामो समयसम्म चलचित्र क्षेत्रमा राज गरेकी थिइन् ।

मिनाकुमारी यति राम्री थिइन् कि हरेक अभिनेता उनीसँग फिदा हुने गर्थे । उनीसँग अभिनय गर्नेक्रममा बलिउडका प्रसिद्ध कलाकार राजकुमारले पनि आफ्नो डाइलग बिर्सिन्थे । उनि १९६४ मा आफ्ना पतिसँग छुट्टिएपछि धर्मेन्द्रसँग नजिकिएकी थिइन् । उनीहरुको बीचमा प्रेमसम्बन्धको पनि चर्चा हुने गरेको थियो । जसको कारण धर्मेन्द्रले पनि उनलाई आफ्नो चलचित्र पाकिजाबाट निकालिदिएका थिए ।

यदि मिनाकुमारी थिइनन् भने धर्मेन्द्र यति ठूलो स्टार बन्ने थिएनन् भन्ने गरिन्छ । पछि उनले यो कुराको खण्डन गरेका थिए । कुनै समय धर्मेन्द्र पनि मिनाकुमारीलाई प्रेम गर्थे ।

मिनाकुमारीले १९३९ देखि १९७२ सम्म फिल्मी पर्दामा काम गरेकी थिइन् । जसमा उनले केही सुपरहिट फिल्महरु पनि दिएकी थिइन् । उनको अन्तिम फिल्म गोमती के किनारो थियो । उक्त फिल्म १९७२ मा आएको थियो र त्यसै वर्ष ३९ वर्षको उमेरमा उनको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ