arrow

लकडाउनमा चार दिन पैदल हिँडेर दोलखाबाट बुटवल आएका मजदुरको उद्धार

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २७ बिहिबार
majduri.png

रुपन्देही। दैनिक मजदुरी गरेर रोजिरोटी कमाउन गएका वर्दियाका पन्ध्र जना मजदुरहरुको उद्धार गरिएको छ। चार दिन लगातार पैदल यात्रा गरेर गएराती ११ वजे बुटवल आईपुगेका मजदुरहरुको उद्धार गरिएको हो। 

घर व्यवहार चलाउन मजदुरी गर्दै आएका उनीहरु घर निर्माणको कामको लागि वर्दियाबाट दोलखाको चरिकोट पुगेका थिए। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को उच्च जोखिमबाट वच्न सरकारले चैत ११ गतेदेखि नेपाललाई लकडाउन गरेपछि उनीहरु समस्यामा परेका थिए। काम लगाउँदै आएको लहानका ठेकेदार रामसागर यादव सम्पर्क विहिन भएपछि उनीहरु हिडेरै घर फर्किएका हुन्। केही दिन भोकै बसेको र दोस्रो पटकको लकडाउन थपिएपछि भने पैदलै भएपनि हिँडेर घर जाने निर्णयका साथ आएको डिल्लीराम थारुले वताए ।

चैत १५ गतेदेखि ठेकेदार सम्पर्कमा नआएपछि केही दिन त्यहाँका स्थानियवासीको सहयोगमा खाना खाएको थारुले वताए । वसन्त कुमार थारुले खानपिनको लागि पैसा नदिएर ठेकेदार लकडाउन पछि भेटौंला भनी गएपछि सम्पर्कमा नआएको वताए ।

पैदल यात्रा गर्दै आएका सञ्जय यदुवंशीले आफुहरुले लकडाउनको उल्लघंन नगरेको भन्दै बुटवलसम्म आईपुग्दा सुरक्षाकर्मीले नै उपेक्षा गरेको जनाए। खानपिनको व्यवस्था नभएपछि मर्नु भन्दा वौलाउनु वेश भन्दै आफुहरु हिँडेर भएपनि घरतर्फ लागेका वताए। उनी भन्छन्, 'आफ्ना लत्ताकपडा सहित हिँडेर त्यती टाढाबाट घर जाने रहर नभई वाध्यता हो।'

गएराती बुटवल आईपुगेका उनीहरुलाई सडकमा भोक र थकानको अवस्थामा भेटिएका थिए। सरकारले लकडाउनको अवस्थामा जो जहाँ छ त्यही वस्ने भन्ने निर्णय गरेपनि कतिको प्रभावकारी छ भनेर सरकारका प्रतिनिधि सडकमा आएर हेरपछि मात्रै थाहा हुने देविराम थारुले बताए।  

यही चैत २३ गते दोलखाबाट पैदल हिँडरे बुटवल आईपुगेका मजदुरहरुको उद्धारका लागि गएराती ११ वजे ईलाका प्रहरी कार्यालयका प्रमुखलाई सम्पर्क गर्दा उनले पैदल हिँडेर घर जाने भन्नुस् भन्ने प्रतिक्रिया दिएका थिए। यता प्रदेश नं.५ प्रदेश ट्राफिक प्रहरी कार्यालयले उनीहरुको विहान ६ वजे मात्रै उद्धार गर्न सकिने आश्वासन दिएको थियोे ।

पैदल हिँडेर विचल्लीमा परेकामा वर्दियाको वारवर्दिया नगरपालिका वडा नं. ५ का २ जना, सोही नगरपालिका वडा नं. ४ का १ जना, त्यस्तै वडा नं. ३ का ७ जना, वडा नं.७ का १ जना र वाँसगढी नगरपालिका वडा नं. ६ का ४ जना गरी १५ जनालाई पूर्वपश्चिम राजमार्गमा खटिएका नेपाल प्रहरीको सहयोगमा विहिवार वाँकेको कोहलपुरसम्म माईक्रो बसमा पठाई उद्धार गरिएको छ।

उनीहरुको वाँकेको कोहलपुरबाट वर्दियाका उद्यमी श्रीधर पोख्रेलको सहयोगमा वर्दियाको बाँसगढी नगरपालिकाले उद्धार गरेको छ। नगर प्रमुख शालिकराम अधिकारीले उनीहरुको कोहलपुरबाट उद्धार गरिने र स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइन अथवा नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राखिने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ