arrow

तपस्या - बाल कविता

logo
राधिका दहाल,
प्रकाशित २०७६ चैत २७ बिहिबार
radhika-dahal.jpg

कोरोना भाइरस
विश्वमा छाइर छ 
घरमा बस 
यसैमा फाइदा छ।

सजक बन 
सबैको हित गर
सुग्घर  बन 
सावुनले हात धोएर।

नमस्कार गर 
अंकमाल नगर
नित्य गर प्राणायम
ध्यान गर केहिबेर।

राम्रा पुस्तक पढ
गमलामा फूल रोप
कथा लेख कविता रच
बारीमा साग रोप।

आफ्नो घरमा ससानो
काम सघाउ
टिभि हेर, नाच अनि
गीत पनि राम्रो गाउ।

बिताउ दिन 
सकारात्मक सोचेर
तातोपानी पिउ 
कागती राखेर।

हरेक दिनलाई 
पर्व नै लौ बनाउ
हरेक क्षणलाई
उत्सव नै लौ बनाउ।

सबैले गरौं 
तपस्या मिलेर
विश्व शान्ति
आउँछ है फर्केर।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ