arrow

शाहरुख, आमिर लगायत यी बलिउड स्टार बने सेरोगेसीबाट बाबुआमा

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
SRK-aamir.jpg

काठमाडौं । विज्ञान र प्रविधिको युगमा नयाँ प्रविधिको विस्तार हुने क्रम बढ्दो क्रममा छ । यस्तोमा जसले सन्तान जन्माउन सक्दैनन् उनीहरुले पनि सेरोगेसीको माध्यमबाट सन्तानको सुख पाउन सक्छन् ।

भारतीय कलाकारहरुमा भने सेरोगेसीबाट बच्चा जन्माउने एक ट्रेन्ड नै बनेको छ । केही स्टारहरुले सेरोगेसीको माध्यमबाट बच्चा जन्माएका छन् । जसमा केही अविवाहितहरु पनि रहेका छन् ।
 
१. आमिर खान–किरण राव
आमिर खानका दुई सन्तान उनकी पहिलो श्रीमती रीनाबाट जन्मिएका थिए । पछि उनीसँग सम्बन्धविच्छेद गरेर उनले किरणसँग विवाह गरे । विवाहपछि उनीहरुले सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने निर्णय गरे । उनीहरुको सेरोगेट बच्चाको नाम –आजाद राव खान’ राखिएको छ ।

२. तुषार कपुर
तुषार कपुर सधैं एक बच्चालाई पाल्न चाहन्थे । यस्तोमा निर्देशक प्रकाश झाको सल्लाहमा उनले सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने फैसला गरे । उनी एक अविवाहित पिता हुन् ।

३. शाहरुख खान
आर्यन र सुहाना दुई बच्चा भइसकेपछि शाहरुखले एक बच्चा सेरोगेसीको माध्यमबाट लिने निर्णय गरे । उनका अबराम नाम गरेका सेरोगेट छोरा छन् ।

४. करण जोहार
करणका यस र रुही नाम गरेका २ बच्चा रहेका छन् । करण पनि तुषारजस्तै अविवाहित हुन् र गत वर्ष मात्र उनका २ बच्चा भएका थिए ।
 
५. फराह खान–शिरीष कुन्दर
फराहका सेरोगेसीबाट जन्मेका तीन बच्चा छन् । उनीहरुका दुई छोरी र एक छोरा छन् ।

६. सोहेल खान–सीमा खान
सोहेल खानले आफ्नो दोस्रो बच्चा सेरोगेसीको माध्यमबाट जन्माएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ