arrow

प्रधानमन्त्रीको गृह जिल्लामा रासायनिक मल लिने कृषकहरु भीड, कोरोनाको डरले पनि थेगेन

logo
युबराज रेग्मी।
प्रकाशित २०७६ चैत २७ बिहिबार
chemical-fertilizer-jhapa.gif

झापा । कोरोना भाइरसको उच्च जोखिमका बाबजुद कृषकहरु रासायनिक मल लिनका लागि लाइनमा बस्न बाध्य भएका छन्। बिश्वभर महामारिको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ को प्रकोपको सन्त्रासका बाबजुद कृषकहरु आफ्नो अनुकुल पर्ने मल बितरक, सहकारी तथा बिक्री केन्द्रहरुमा मल पाउने आसमा धाउन ब्यस्त भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री डा युवराज खतिवडाको गृह जिल्ला समेत रहेको झापामा अहिले कोरोनाको त्रासको मतलव नगरि किसानहरु रासायनिक मलका लागि भौतारिरहेका छन्।

माग अनुसार आपूर्ती नभएपछि लकडाउनलाई चिर्दै किसानहरु चर्को घाममा बजार बजार भौतारिन वाध्य भएका हुन्। 

बिगतमा जस्तै यसपटक पनि कृषकहरुको मागभन्दा बजारमा न्यून मात्रामा युरिया मल उपलब्ध छ। माग अनुसार आपूर्ती नभएपछी कृषकहरु चिन्तित देखिएका छन्। 

लकडाउनका बाबजुद मल बितरकहरुले ल्याएको सिमित कोटाको युरिया मल बितरण गर्न सहकारी तथा बितरकहरुलाई पनि हम्मे हम्मे परेको छ। 

‘आफ्नै जिल्लाका प्रधानमन्त्री र अर्थमन्त्री भएर पनि के गर्नु अरु बेला जस्तै मलको अभाव भएपछि?’ स्थानिय कृषक दुर्गा खनालले भने, ‘ नत्र कोरोनाको त्रासमा सबै लकडाउनमा रहेका बेला हामी किसानहरुलाई चाहि यहाँ आउन मन लाग्थ्यो होला र ?‘

बिगतमा झै यो पटक पनि माग भन्दा आपूर्ती कम हुँदा मल नपाएर सयौं किसानहरु रित्तो हात फर्कन बाध्य भएका छन्। 

सहकारी मार्फत आएको मल लिन हतार हतार झोला लिएर बितरण स्थल पुग्दा पनि नपाएको खनालले बताए। कोटाबाट आएको मल सिमित ब्यक्तीहरुलाई २० केजिको दरले बितरण गरिएको थियो। 

‘बितरकले फेरि केही दिन पछि मल आउँछ भनेका छन् तर भर छैन। यस्तै समस्या हो भने बाली बिग्रन्छ होला,’ मल नपाएका कृषक खनालले बताए । 

उपभोक्ताको माग भन्दा कम आपूर्ति भएका कारण मल बितरकहरुले पनि बितरणमा समस्या भएको बताएका छन्। 

सबै किसानलाई मलको उतिकै आवश्यकता भएता पनि अभाबको समयमा आएको सिमित मल पुर्‍याउन नसकिने वितरकहरुको भनाई छ। देशभर लकडाउन सुरु भए पछि स्थानिय प्रसासनले सिमित समय तोकेर अत्यावश्यक सामाग्री बितरण गर्न सुचना जारी गरेको छ । 

भिडभाड नगर्न प्रसासनले कडाई गरेपनि किसानहरु चुनौतीको सामना गर्दै मल वितरण केन्द्रमा आइपुगे पनि कुन मापदण्ड अनुसार बितरण गर्ने अन्योलमा परेको  कमल गाउँपालिका सोलमारीस्थित मल बितरण केन्द्रका व्यवसायी रमेश थापा बताउँछन । 

कृषि प्रधान देश भए पनि कृषिमा उत्पादकत्व बढाउन आवश्यक पर्ने रासायनिक मल अभाव हुँदा यसको प्रत्यक्ष प्रभाव देशका कृषकको सँगै देशको अर्थतन्त्रमा पर्ने निस्चित छ। 

स्थानिय सरकारले प्रदेश तथा केन्द्र सरकारसँग यस बिषयमा ध्यानाकर्षण गराउनु पर्ने अधिकांश कृषकहरुको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ