arrow

भर्चुअल शिक्षा

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
edu-mi.jpg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहीबार साँझ भिडियो कन्फरेन्समार्फत विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग हालको कोरोना भाइरस रोकथाम र नियन्त्रणको स्थितिमा कसरी अनलाइन प्रणालीमा शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल गरेका छन् । 

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, र खुल्ला विश्वविद्यालयका उपकुलपतिसँग सो संवाद गरेका हुन् । 

मन्त्री पोखरेलले विषम स्थितिमा हाल विश्वविद्यालयले गरिरहेको काम र भावी दिनको तयारीबारे जानकारी लिई सूचना प्रविधिका माध्यमबाट भर्चुअल कक्षा सञ्चालनका लागि पनि तयार रहन निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । 

तर त्रिभुवन विश्वविद्यालयमा वास्तविक शिक्षा दिन अल्मलिने अध्यापक छन् । कम्प्युटरमा अभ्यस्त नभएकाहरुलाई भर्चुअल शिक्षा दिन फलामको च्यूरा चपाएजस्तो हुनेछ । 

फेरि क्याम्पस खुलेका बेलामा त आफ्नो कर्म भुल्नेहरुलाई यो अर्को समस्याको विषय बनेको छ । 

अर्कातिर अहिले क्याम्पसहरुमा परीक्षाको समय हो । परीक्षाका बेलामा अब फेरि कस्तो शिक्षाका लागि तयारी भइरहेको हो भन्नेमा अलमल छ । 

कतै भर्चुअल शिक्षाको नाममा लाखौं रुपैयाँको अनियमितता त हुने हैन भन्ने आशंका समेत उब्जन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ