arrow

बेलायतमा अर्का नेपाली मेख बहादुर गुरुङको निधन, कोरोनाले ज्यान गुमाउनेको संख्या ४ पुग्यो

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
gurkha-mekh-gurung.gif

लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको निधन भएको छ । बेलायतको ननिटन क्षेत्रमा बस्दै आएका ५६ वर्षीय पूर्व गोर्खा मेखबहादुर गुरुङको बुधबार निधन भएको हो ।

नेपालमा पर्वत जिल्लाको महाशिला गाउँपालिकाअन्तर्गत भोक्सिङ देउराली घर भएका गुरुङ श्रीमतीसहित बेलायत बस्दै आएका थिए । मृतक गुरुङलाई कोरोनाको संक्रमण पुष्टी भएको र अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेलाई उदृत गर्दै पत्रकार मन्दिप केसीले जानकारी दिए ।

मृतक गुरुङलाई अरु कुनै गम्भीर स्वास्थ्य समस्या रहेकोबारे आफुलाई थाहा नभएको आलेले बताए । मृतक गुरुङ सहित कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ४ नेपालीको मृत्यु भएको छ । 

यसअघी पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको ज्यान गएको थियो। उनले दुई हप्ताअघिमात्रै बच्ने तरिकादेखि सामाजिक दुरी कायम गर्नेसम्मको सन्देश सामाजिक सञ्जालमा शेयर गर्ने गरिरहेका थिए । 

पूर्व गोर्खा सैनिक लीलाबहादुर राई र पेशाकर्मी प्रशान्त अर्यालको पनि कोरोनाकै कारण बेलायतमा मृत्यु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ