arrow

लकडाउनको १८ औं दिनमा चार वटा अन्तर्राष्ट्रिय फ्लाइट

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
TIA.jpeg

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा लगाएको रोकको शुक्रबार २० दिन भएको छ । 

विदेशमा भएका नेपालीहरुलाई नेपाल सरकारले चीनबाट एउटा फ्लाइट ल्याउनु बाहेक अन्तबाट गरेको छैन । 

तर नेपालमा रहेका विदेशीहरु लैजान भने चार्टर्ड विमानहरु आइरहेका छन् । अढाइ दर्जन चार्टर्ड विमानले यहाँबाट आफ्नो देशमा फ्लाइट गरेर लगेका छन् । 

शुक्रबार पनि चारवटा अन्तर्राष्ट्रिय फ्लाइट हुँदैैछन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार एयरपोर्टबाट शुक्रबार ४ वटा चार्टर्ड फ्लाइट हुँदैछन् । 

शुक्रबार बेलायत, कोरिया र जापानका चार्टर्ड विमान जाँदैछन् । नेपालमा भएका विदेशी नागरिकहरु जाँदैछन् । 
टाइटानको फ्लाइट दिउँसो १ बजे बेलायत उड्दै छ । 

त्यस्तै कोरियन एयरलाइन्सको फ्लाइट साँझ ५ बजे उड्दै छ ।  
जापानको फ्लाइट बेलुकी ७ देखि राति ८ बजेको बीचमा उड्ने छ । 

एउटा फ्लाइट भने नेपाल एयरलाइन्सको हो । स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ