- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको छ । आइतबारदेखि अस्पतालमा रहेका उनको स्वास्थ्यमा सुधार आएपछि सघन उपचार कक्ष आइसीयूबाट बाहिर निकालिएको छ ।
उनलाई अहिले अस्पतालको वार्डमा रहेको प्रधानमन्त्रीको कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ । जोन्सनको गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गरिरहेको स्ट्रीटले जनाएको छ ।
गत मार्च २७ तारिखमा कोरोनाको संक्रमण देखिएका प्रधानमन्त्री जोन्सनले स्वास्थ्यप्रति बेवास्ता गर्दा एकाएक आइसीयूमा पुग्नु परेको हो । उनको स्वास्थ्यमा थप खरावी आएके भए भेन्टिलेटरमा राख्ने तयारी रहेको थियो ।
आइताबार अस्पताल भर्ना भएको भोलिपल्ट उनलाई आइसीयूमा राखिएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको र उपचारका क्रममा आफूले पाएको उत्कृष्ट सेवाका लागि उनले एनएचएसलाई धन्यवाद दिएको उनका प्रवक्ताले बताएको बीबीसीले लेखेको छ ।
बेलायतमा कोरोनाबाट अहिलेसम्म ७ हजार ९७८ जनाको ज्यान गइसकेको छ । ६५ हजार ७७ संक्रमित छन् । जसमा १३५ जनालाई मात्र उपचारपछि निको भएको छ ।
निको हुनेको दर निकै कम भएकाले गर्दा पनि बेलायतमा स्थिति भयावह रहेको बुझ्न सकिन्छ ।
त्यही बेलायतमा बस्ने चार नेपालीको ज्यान गइसकेको छ ।