arrow

कोरोनाको त्रासले बहराइनमा नेपाली दूतावासबाट कन्सुलर सेवा स्थगन

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
baharain.jpg

काठमाडौं । बहराइनमा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएसँगै मनमास्थित नेपाली दूतावासबाट प्रदान हुँदै आएको कन्सुलर सेवा तत्कालका लागि स्थगन गरिएको छ । 

दूतावासले बिहीबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि कन्सुलर सेवा स्थगन गरिएको जनाएको हो ।

अत्यावश्यक अवस्थामा कन्सुलर सेवा लिन परेमा दूतावाससँग समय लिई एक जनामात्र उपस्थित भएर सेवा लिन सकिने बताइएको छ । 

बहराइनमा ८८७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ५ जनाको ज्यान गएको छ । नेपालीहरुमा भने नदेखिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ