arrow

एनएमबी बैंकले प्रदेशलाई दियो पीपीई

logo
रासस,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
nmb-bank1.jpg

कैलाली। कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एनएमबी बैंकका प्रतिनिधिहरु पुगी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई १०० थान पीपीइ हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय-व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको बताइएको छ। सामाजिक उत्तरदायित्वअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरिएको एनएमबी वैंक धनगढी शाखा प्रबन्धक अमन जोशीको भनाइ छ।

खाद्यान्न सहयोग
धनगढीमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाले लकडाउनका कारण छाक टार्न समस्या भएकाका लागि धनगढी उपमहानगरपालिको विपद् व्यवस्थापन समितिलाई खाद्यान्न उपलब्ध गराएका छन्। बिहीबार बैंक तथा वित्तीय संस्थाहरुले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टलाई खाद्यान्न तथा नगद उपलब्ध गराएका हुन्।

चोरीका गहनासहित बाबुछोरा पक्राउ
धनगढी उपमहानगरपालिका–१ स्थित विनोदकुमार बर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी गरेका सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

कैलाली कारागार नजिकै रहेको सुनचाँदी पसलबाट बुधबार राति पाँचवटा सुनको टप र चाँदीका गहना चोरीमा संलग्न सोही ठाउँका ४५ वर्षका पप्पु गुप्ता र उनका २० वर्षका छोरा पवनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नतेल जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ