arrow

लकडाउनमा तरकारी जन्य वस्तुको कालोवजारी चुलिदैं, नियमक निकाय चुपचाप

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
vegetables-market.jpg

रुपन्देही । लकडाउनका कारण बुटवलमा तरकारी जन्य वस्तुहरुमा कालोवजारी चुलिदैं गएको पाईएको छ । कोरोना भाईरस (कोभिड–१९) माहामारी प्रकोप वाट वच्च सरकारले घोषणा गरेको लकडाउनको फाईदा उठाउँदै, व्यापारीहरुले एकाएक तरकारी जन्य वस्तुहरुको भाउ वढाएका हुन् । 

जसले गर्दा दैनिक उपभोग्य वस्तु (तरकारी) को भाउ वढ्नाले उपभोक्ताहरुको महंगीले ढाड सकेको छ । तर वजारमा यसरी व्यवसायीहरुले आफु खुसी भाउ वढाउँदा समेत सम्वन्धित निकायहरु चुपचाप वसेका छन् । वोलीमा वजार अनुगमन गरिने वताउने सरोकारवाला निकायहरु व्यवहारमा भने अनुगमन गर्न निस्किएका छ्रैनन् ।  

दैनिक उपभोग्य वस्तुहरुमा यसरी खुलेयाम कालोवजारी गर्दा समेत न त बुटवल उप–महानगरपालिका, न उद्योग वाणिज्य संघ न जिल्ला प्रशासन कार्यालय रुपन्देही कसैले वजार अनुगमन गर्ने वारे कुनै चासो नदेखाएको पाईएको हो । यद्यपी उक्त विषय भने उनीहरुलाई थाहाँ नभएको विषय भने होईन् ।

तरकारी उत्पादन गरेर जीवन गुजारा गर्नेहरु अहिले आवश्यक मापदण्ड पुरा नगरेर कोरोना भाईरसको जोखिम वढेको भन्दै बुटवल उप–महानगरपालिकाले सञ्चालन गरेको बुटवलको पुरानो बसपार्कमा रहेको कृषि उपज तरकारी तथा थोक वजार केन्द्र लाई चैत २३ गते देखि बन्द गरिदिएपछि अहिले बुटवलका केही तोकिएका स्थानहरुमा तरकारी विक्रि गरिदै आएको छ ।

यस्तै, बुटवल उप–महानगरपालिकाले तोकिएको स्थानमा तरकारी किन्न आएकी बुटवल उप– महानगरपालिका वडा नं.५ की चन्द्रा वस्नेतले तरकारीको मुल्य आकासिएको वताईन् । त्यस्तै, तरकारी किनमेल गर्न आएका खिमलाल पन्थीले लकडाउनको समयमा सम्वन्धित निकायले ध्यान नदिंदा उपभोक्ताहरु चर्को मूल्य तिरेर तरकारी किन्न बाध्य भएको उनको भनाई छ ।

यस्तै, बुटवल उप–महानगरपालिकाले पटक पटक सूचना निकालेर हरियो तरकारी किन्ने स्थल तोक्ने र घरमै सेवा दिने भन्दै किसानको नाम र नम्बर सार्वजनिक गरेपनि तर उक्त काम प्रभावकारी देखिएको छैन् ।

खुर्सानी पाउको ८०, आलु प्रति किलो ६०, सिमी प्रति किलो १००, वारी प्रति किलो १०० र काँक्रा प्रति किलो १०० यस्तै छन् ।

लकडाउन हुनु भन्दा अगाडी खुर्सानी पाउको २५, आलु प्रति किलो ३०–३५, सिमी प्रति किलो ६०–६५, वोरी प्रति किलो ७० र काँक्रा प्रति किलो ४० रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ