arrow

व्यवस्थित राहत वितरण कार्यक्रम धुम्बाराहीमा

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
corona-best-relief.jpg

काठमाडौं। कामनपा वडा नं ४ मा रहेको टीटीआई ईलेक्ट्रोनिक्स नेपाल प्रालिले धुम्बाराहीस्थित विद्यालय पसिररमा न्युन आय भएका, मजदुर तथा विपन्न वर्गका गरी १५० परिवारलाई एक लाख सत्तरी हजार बराबरको खाद्यन्न तथा अन्य समाग्री वितरण गरेको छ।

प्रदेश नं ३ का सांसद नारायण सिलवाल सहित कामनपा वडा ४ का वडा अध्यक्ष मोहन विष्ट, सदस्य दिनेश महर्जन,धुव्र त्रिपाठी, लगायतका जनप्रतिनिधीहरुको रोहवरमा उक्त खाद्यन्न वितरण गरिएको थियो।

अन्तराष्ट्रिय च्यानलको कार्य गर्ने टीटीआई ईलेक्ट्रोनिक्स नेपाल प्रा.लि ले कार्यक्रम तथा सुचना प्रशोधन सेवाहरुको कार्य गर्दे आइरहेको छ। व्यवसायीक रुपमा करिब ५८ जना नेपाली युवाहरुलाई रोजगदार दिदै आएको उक्त कम्पनिले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिदै आइरहेको प्रा.लि.का प्रमुख नविन पाण्डेले बताए। 

व्यवस्थित तरिकाले वितरण गरिएको उक्त राहतको वितरणका लागि स्थानीय धुम्ब्रबराह क्लबको सक्रिय सहभागीता रहेको थियो। राहत प्याकेजमा १५ केजी चामल,१केजी दाल, १ पाकेट नुन, १ पाकेट तेल, १ पाउ मस्यौरा तथा २ वटा साबुन समावेश गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ