arrow

बाजुरामा क्वारेनटिन राखिएका सबैको रिपोर्ट नेगेटिव

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
bajura-corona-test.jpg

बाजुरा। बाजुरा जिल्लाका बिभिन्न क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुको कोरोना परिक्षणका लागि र्‍यापिड डायग्नोष्टिक टेष्टपछि सबैको कोरोना नेगेटिव भएको पाइएको छ ।

क्वारेन्टाईनमा १४ दिन पुगेकालाई र्‍यापिड डायग्नोष्टिक टेष्टपछि ३५ जनाको कोरोना निगेटिभ स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।

बाजुराका नौ जनाको र्‍यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ । १४ दिन पुगेका बडीमालिका नगरपालिकाको मालिका माबिमा राखिएका ३५ जना, त्रिवेणी नगरपालिकामा राखिएका १० जना, बुढिगंगामा ४ जना र गौमुलका २ जनलाई र्‍यापिड डायग्नोष्टिक टेष्टपछि गरिएको छ । रिपोर्ट नेगेटिव आएमा उनिहरुलाइ १ हप्ता होम क्वारेन्टटाइमा बस्ने गरि कागज बनाएर शुक्रवार दिउसो  घर पठाएको बडिमालिका नगरपालिकाका स्वास्थ्य सयोजक टेक बहादुर खड्काले बताएका छन् ।

जिल्लाका नौओटा स्थानीय तहका एक  सय १७ जनलाई क्वारेन्टाईनमा राखिएका छन् । ¥यापिड डायग्नोष्टिक टेष्टका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानिय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका  पन्तले बताउनुभयो र्‍यापिड डायग्नोष्टिक टेष्टका लागि पहिलो चरणमा ३ सय थान र्‍यापिड डायग्नोष्टिक टेष्ट किट जिल्लामा आएको छ । क्वारेन्टाईमा बसेका चेक पछि चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी र डिउटिमा खटिएका प्रहरीको पनि टेष्ट गरिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ