arrow

भर्खरै क्यानडा पुगेका नेपाली र विद्यार्थीहरुलाई जनसम्पर्क समितिले बाँड्यो राहत

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
nejasa-canada-rahat.gif

क्यानाडा । क्यानाडामा अध्ययनरत नेपाली र अध्ययन तथा कामको सिलसिलामा भर्खरै क्यानाडा आइपुगेका नेपाली समुदायलाई नेपाली जनसम्पर्क समिति क्यानडाले राहत वितरण गरेको छ। 

कोरोनाको विश्वव्यापी महामारीको प्रभाव बढ्दै जाँदा सबै देश प्रभावित भएको छ। खाद्यान्नदेखि अन्य सामग्रीको अभाव पनि कतिपय ठाउँमा देखिएको छ। कामका लागि तथा अध्ययनका लागि आएका नयाँ नयाँ व्यक्तिले काम नपाउँदा खर्च गर्ने हैसियत पनि गुमाएका छन्। यस्ता व्यक्तिहरु कोरोना महामारीमा सबैभन्दा बढी पिडित देखिएपछि जनसम्पर्क समितिले राहत वितरण गरेको हो। 

राहत वितरण कार्यलाई जनसम्पर्क समिति क्यानाडाले केही दिनदेखि निरन्तरता दिइरहेको उपसभापति चन्दा अधिकारीले बताइन। उनको  नेतृत्वमा क्यानाडाको ओन्तारियोस्थित वेरी सहरमा राहत वितरण भएको छ। कार्यवाहक सभापति समेत रहेकी अधिकारीको संयोजनमा ५० जनालाई राहत उपलब्ध गराइएको हो। सर्वरी भन्ने शहरमा पनि सय नेपाली विद्यार्थीलाई राहतमा ग्रोसरीको सामान दिइएको अधिकारीले बताइन। 

राहत वितरण कार्यक्रममा जनसम्पर्क समितिका सभापति बुद्धी प्रकाश ओली समेत सहभागि थिए। जनसम्पर्क समितिको राहत वितरण कार्यले आफुहरुलाई धेरै नै भरथेग भएको उनीहरुले बताएका छन्।

जनसम्पर्क समितिकी उपसभापति अधिकारीले राहत वितरण कार्य नेपाली वसोवास रहेको अन्य सहरमा पनि लैजाने बताइन् । सके जति हामी सहयोग गर्दै आएको उल्लेख गर्दै अधिकारीले अन्य संघ संगठनले यस पुनित कार्यमा साथ दिन सक्ने बताइन। समस्या परे उनले आफ्नो ३६५७७३८८८५ नम्वरमा सिधा सम्पर्क गर्न पनि आग्रह गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ