arrow

पाल्पाका क्वारेन्टाइनमा रहेका ४४ जनाको रिपोर्ट ‘नेगेटिभ'

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
corona-nepal-health-desk.jpg

पाल्पा।जिल्लाका विभिन्न क्वारेन्टाईनमा राखिएका ब्यक्तिहरुको कोरोना परीक्षणका लागि र्‍‍यापिड डायग्नोष्टिक टेष्टपछि सबैको कोरोना नेगेटिभ भएको पाइएको छ ।

क्वारेन्टाईनमा १४ दिन पुगेकालार्ई र्‍‍यापिड डायग्नोष्टिक टेष्टपछि ४४ जनाको कोरोना निगेटिभ  देखिएको हो । १४ दिन पुगेका पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २१ जना, रामपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेका ९ जना, रैनादेवी छहरा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ११ जना र रिब्दीकोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३ जनाको द्रुत गतिमा कोरोना संक्रमण परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

शुक्रबार बिहानैदेखि जिल्लाको पूर्व र पश्चिममा  जिल्ला स्वास्थ्य कार्यालय, युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको टोलीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ