arrow

विदेशमा सुरक्षा गार्डको काम गरिरहेका नेपालीहरुलाई परिवारको चिन्ता

logo
सचिन्द्र श्रेष्ठ,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
security2.jpg

काठमाडौं। कोरोना चीनको हुवेई प्रान्तबाट शुरु भएको यो महामारी रोग कोरोना भाईरस (कोभिड -१९) अहिले विश्वका अधिकांस मुलुकहरुलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ ।

यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरु कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानी पुर्बक आफ्नो सेवामा तत्पर लागी परेका छन।जहाँ अधिकांश  प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहदा सुरक्षा गार्डले पनि आफ्नो ज्यान बाजी लगाएर काम गरेको तर पर्दा पछाडिको नायकको भूमिका कसरी कस्तो भोगाई भोगेका छन् त यही बिषयमा बिदेसमा रहेका नेपाली सुरक्षा गार्डहरुको आफ्नो भोगाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।

' (कोभिड-१९) का कारण ११ जना नेपालीहरुको शव युएईमा अलपत्र पर्नुले  कतै आफै पनि यस्तोमा त परीदैन भन्ने चिन्ता रातदिन लागी रहन्छ। जसरी प्रहरी,डक्टर यहाँ खटीएको छ त्यसरी हामी सुरक्षा गॉर्ड पनि अरुको ख्याल गर्न लागी पर्नु परेको छ। अरु लाई यो रोग लाग्दा लाग्दै कतै आफैलाई पनि लाग्छ की भन्ने डर हुन्छ दिनहुँ यहाँ यो रोग को संख्या बढी रहदा आफैलाई पनि घर परिवार को चिन्ता लागेको छ।मेरो काम सधै यहाँ काम गर्ने कामदारसँग भई रहेको हुन्छ ।कमसेकम यस्तो बेला घर मा बस्न पाए केहि राहत हुने थियो की भनेर आफूलाई बिदेसिनुको बाध्यताले सधै रातभर निद्रा पर्दैन। तर पनि आफ्नो कर्तब्य लाई शिरोपर राखेर काम लाई महत्व ठानी आफ्नो भूमिका निर्बाह् गरिएको छ किन की हामी चिकित्सक ,प्रहरी नभए पनि सुरक्षा गार्ड ले पनि सहयोग गर्न सक्छ भनेर लागी परिएको छ।'

-भक्त खोर्जा (दुबई, सुरक्षा गार्ड)

'लगातार १२ घन्टा  काम अनि काम गर्ने ठाउमा अनेकौं थरी का मान्छे हरुको आवतजावत, उनीहरुको परिचय लिएर सबै जानकारी लेख्नु पर्ने, उनीहरु कति ठाउँमा गएर आएका हुन्छन् कति जनाको सम्पर्कमा हुन्छन् ? त्यसैले तनाव छ।

क्याम्पमा एउटा रुममा १० जना बस्नु पर्ने त्यसमाथि पनि थरीथरि ठाँउमा काम गर्नेहरु बसेको हुने गर्छ जसका कारण महामारी यो रोग लाग्ने सम्भावना बढी देखिन्छ तर पनि आफ्नो काम लाई मध्य नजर गरी यस्तो बेला पनि कामलाई प्राथमिकता दिनु आवस्यक देखिएको छ ।आफु मरेर अरुलाई बचाउनु पर्ने खालको काम गरेको छु गर्व लाग्छ।'

-महेस नेपाली (अबुधाबी, सुरक्षा गार्ड)

'यहा भएका नेपालीहरुमा खाशै भन्नु पर्दा यो रोगको डर र भय कम नै देखिन्छ यधपि जागिर गुम्ने र नेपाल फर्कनु पर्ने चिन्ताले पिरोल्न थालेको अवस्था छ ।यो चिनको विशेष प्रशासनिक क्षेत्र हो त्यसैले यहा कुनै पनि समाचार लेख्न अथवा प्रशारण गर्न रोक छ ।

तर यहाको सम्पुर्ण कारोबार पर्यटन व्यवसायसंग सम्बन्धित हुनाले अहिले सबै नाकाहरु बन्द भएका कारण सबै व्यवसाय र कारोबार ठप्प नै छ तर सुरक्षाकर्मीको जागिर धरापमा भएको कारण रोगको डर भन्दा जागीर जाने डर बढी छ।रोग फैलिन नदिन यहाँ दिनरात सतर्कतामा बिशेष ध्यान दिएको हुदा यो रोग फैलिन पाएको छैन।'

-अर्जुन श्रेष्ठ( मकाउ, सुरक्षा गार्ड)

'यस साउदीमा अहिले सम्म कुनै नेपालीलाई कोरोना लागेको छैन हाल सम्म ४०४४ जना भन्दा बढ़ी यो रोगबाट संक्रमित छन्।यो रोग यहीको स्थानीय तथा पाकिस्तानी, भारतीय, बंगालादेशीलाई बड़ी देखिएको छ।हामीलाई काम गर्न गाह्रो भएको छ। जहाँ तहि त्रास छ,घरमा दिनहुँ कुरा भएको छ। यहाँको अवस्था बारेमा के कस्तो छ भनेर तर पनि आफ्नो ख्याल बढी राख्नु पर्दछ। २४ घण्टा लकडाउन गरेको छ यहाँ रेस्टुरेन्ट हॉस्पिटल बाहेक अन्य सेवा बन्द छ।जागीर बाध्यता ले खानु पर्ने अवस्था छ, छुट्टी दिएको छैन। छुट्टी दिए घर जान मन छ तर परिवार एकातिर आफु एकातिर हुनु परेको यस्तो घडीमा संधै घरको याद आउने गर्दछ। अहिले सम्म न भूकम्पको डरको अनुभूति गरिएको थियो तर यहाँ आए पछि थाहा भयो भूकम्प भन्दा ठुलो डर यो रोगको लाग्या छ।'

-राजेश क्षेत्री( साउदी अरब,सुरक्षा गार्ड)

'गरिब निमुखा जनताको भोट् लिएर नेता प्रधानमन्त्री भएर दलाल र भ्रष्टाचारीको पक्षमा काम गर्नी सरकार मुर्दावाद यस्तो आपत बिपत पर्दा जवाफ देहि र जिम्मेवार निकाय निकम्मा हुनु यसैको परिणाम हो । लाल कम्रेड दलालको घरमा किन बस्छन्?  किनकी लाखौ मुल्यको मूल्यवान पलङ अट्ने घर अरुको छैन ,हामी अहिले यही नेपाल सरकार को गलत सोच,बिचार र अभिमानले बिदेसी भूमिमा पीडा लुकाई काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ।'

-संजय धिताल (दुबई, सुरक्षा गार्ड)

'हामी कति अभागी छौ संसार भरका सरकारी गैरसरकारी संस्था कोरोना बिरुद्ध लड़ी रहेको छ तर बिडम्बना हामी पशुपति नाथको भरोसामा अड़केका छौं। के हामी नेपाली साँच्चै गतिलो बन्न नसकेको हो त? अहिले हामीलाई हाम्रो परिवारको चिन्ता र परिवारलाई हाम्रो चिन्ता अहिले बढी छ। हाम्रो सरकार गैरजिम्मेवार छ, काम सही ढंगले गर्दैन तर यहाँ कार्यरत देशले कानुन सरकार,स्वास्थ्य राम्रो छ। त्यसैले यहाँको चिन्ता लिनु भन्दा आफ्नै देश परिवारको सुरक्षामा ध्यान दिन सके राम्रो हो।'

-राजन वाग्ले (अबुधाबी, सुरक्षा गार्ड)

'अरु राष्ट्रको तुलनामा यहाँ काम गर्न सजिलो त छ तर रोग को डर भने कम छैन। बेलैमा यहाँको संपूर्ण नाका बन्द भएको कारण रोग बढी फैलान पाएको छैन। हाल सम्म ४५ जना भन्दा बढीमा देखिएको छैन तर यहाँ ब्यवसायिक क्षेत्रमा रोक लाग्नाले र समयमै सबै जनतालाई १५ दिन क्वारेनटाइनमा राखेको हुँदा यो रोग फैलान पाएको छैन। तर पनि प्राय पसलहरु बन्द नै छ। कतिलाई सुरक्षाको हिसाबले काममा लगाएको छैन, कुनैकुनै अति आवस्यक कामको लागी मात्र कामदार खटाएको छ। तर हामी भने सुरक्षा गार्ड भएर दिनरात लागी परेका छौ तर हाम्रो काम को मूल्यांकन कही गरिएको देखिदैन।'

-ओमकार अखेलि (मकाउ, सुरक्षा गार्ड)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ