arrow

जनसम्पर्क समितिका अध्यक्षहरुको अनलाईन बैठकमा कोरोना संकटकै चर्चा 

बिपदमा संयमित भएर रहन जनसम्पर्क बिभागको अनुरोध

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। कोरोना भाईरसको संक्रमणबाट बच्न अधिकांस राष्ट्रहरु लकडाउनको स्थितिमा छन् । यहि बिषम परिस्थितिमा भय, त्रास र कष्टकर जीवन  बिताइरहेका बिश्वभरका नेपालीहरुको बारेमा बुझ्न नेपाली जनसम्पर्क समितिका अध्यक्षहरुले बिहिबार भिडियो कन्फ्रेन्स बैठक गरेका छन् । 

बैठकमा जनसम्पर्क बिभाग केन्द्रीय संयोजक एबम नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द्र भट्टराई, नेका आमन्त्रित केन्द्रीय सदस्य एबम अमेरीकाका अध्यक्ष आनन्द बिष्ट लगायत जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी, जापानका अध्यक्ष रोशन केसी, बहराईनका अध्यक्ष पदम सुन्दर गुरुङ, बेल्जियमका अध्यक्ष सीता सापकोटा, मकाउका अध्यक्ष लेख बहादुर गुरुङ, क्यानडाका अध्यक्ष बुद्धि प्रकास ओली थिए। 

त्यसैगरि वैठकमा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष बिरेन्द्र सिंह कार्की, यूएईका अध्यक्ष भवानी प्रसाद तिमिल्सिना, दक्षिण कोरीयाका अध्यक्ष आस्था बिन्दु मल्ल, नर्बेका अध्यक्ष जितेन्द्र शाहि, फ्रान्सका अध्यक्ष सुधिर राना, स्वीजरलेण्डका अध्यक्ष श्याम सापकोटा, कतारका कावा अध्यक्ष शंकर न्यौपाने, जर्मनका अध्यक्ष शिखर खड्का, स्पेनका अध्यक्ष इन्द्र शर्मा, ओमनका कावा अध्यक्ष सालिक चापागाई, ईजराईलका अध्यक्ष खगेश्वर अधिकारी, हङकङका अध्यक्ष मिन गुरुङ, मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, कुवेतका अध्यक्ष राजेन्द्र बिरही, साईप्रसका अध्यक्ष सिता अर्याल, पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, नेदरल्याडका अध्यक्ष प्रेमजंग गुरुङ, माल्टाका अध्यक्ष सन्देश केसी लगायत सहभागी थिए । 

करिब ४ घण्टा सम्म चलेको बैठकमा सबै देशका अध्यक्षहरुले कोरोना भाईरसको संक्रमणको बारेमा जानकारी दिदै नेपालीहरुको स्थितिका बारेमा बताएका थिए । जनसम्पर्क समितिहरुले आफू सुरक्षित रहि बिभिन्न राहत समिति बनाई कार्य गरिरहेको बताएका थिए। यस्तो बिपदको बेला नेपाली दुतावास, एनआरएनए लगायतका स्थानिय संघसंस्थाहरुसंग सहकार्य गरी जनचेतना जगाउने, राहत प्रदान गर्ने र सुरक्षित भएर घरमै बस्न आग्रह गर्ने जस्ता कार्यहरुलाई तिब्रता दिएको अध्यक्षहरुले बताएका थिए । 

बिकसीत मुलुकमा उच्च शिक्षाका लागि गएका नेपाली बिद्यार्थीहरु, पारिवारीक भटेघाटका लागि आएका अभिभावक र अस्थाई भिषामा रहेका नेपालीहरुलाई संक्रमणले उत्पन्न गरेको आर्थिक समस्याले प्रत्यक्ष असर पर्न थालेकाप्रति वैठकमा चिन्ता जनाइएको थियो। लकडाउनले नेपाल फर्कन नसक्ने जटिल परिस्थिति बन्दै गएको सन्दर्भमा नेपाल फर्कनका लागि सम्बन्धित निकायमा पहल गर्न बिभागीय प्रमुख गोबिन्द भटराईलाई बैठकमा सुझाव दिइएको थियो। खाडी मुलुकमा रहेका कामदार नेपालीहरुको बस्ने व्यवस्था भएपनि आर्थिक समस्या दिनप्रतिदिन बढ्दै गएको र भविष्यमा लाखौं कामदारहरु नेपाल फर्कन बाध्य हुँदा नेपाल सरकारलाई यसको व्यवस्थापनमा समयमै विशेष योजना बनाउन पार्टीका तर्फबाट सुझाव दिन अध्यक्षहरुले धारणा राखेका थिए । 

अध्यक्षहरुले दिएको बिवरण एबम प्रवासी नेपालीहरुको बर्तमान स्थितिको बारेमा नेपाली कांग्रेस पार्टी सभापतिलाई जानकारी गराउँदै आवश्यक पहल गर्ने बिभाग प्रमुख भटराईले प्रतिवद्धता जनाएका थिए। आफू सुरक्षित रहि सबै नेपालीहरुलाई मानविय सहयोग गर्न उनले अध्यक्षहरुलाई अनुरोध गरेका थिए। जटिल परिस्थितिमा पनि सरकारले राहतका कार्यक्रम ल्याएर जीउधनको सुरक्षा गर्नुको सट्टा भ्रष्टाचार एबम गैरजिम्मेवारी कार्य गर्दै नेपाली जनतालाई निरास बनाएको उनले बताए।  

एकआपसको खवर आदनप्रदान गर्न मात्र सिमित नरही अफ्ठ्यारोमा परेका बिभिन्न देशका नेपालीहरुलाई आर्थिक एबम सामाजिक सहयोग जुटाउन समेत मद्दत पुर्याउन सकिने बैठकले निष्कर्ष निकालेको थियो । बैठक आयोजना गर्न बहराईन, जापान, अष्ट्रेलिया र मकाउका अध्यक्षहरुले प्राविधिक सहयोग जुटाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ