arrow

न्युयोर्कका नेपालीहरुको जटिल समस्या समाधानमा टास्क फोर्स यसरी गर्दैछ प्रयास

logo
प्रकाशित २०७६ चैत २८ शुक्रबार
newyork-city.jpg

न्यूयोर्क। जनसम्पर्क समिति अमेरिकाले हालै गठन गरेको कोभिड-१९ राहत टास्क फोर्सहरू मध्ये न्युयोर्कको टास्क फोर्सले आफ्नो काम अगाडी बढाएको छ। कोरोना भाईरसको केन्द्रबिन्दु रहेको एल्म्हर्स्ट हस्पिटलको वरपर बस्ने हजारौं नेपालीहरु यो भाइरसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट पिडित छन् । केहि नेपालीको मृत्यु भैसकेको र धेरै संक्रमित छन् । सबैलाई घरमा बस्ने निर्देशन दिइएको छ । 

सरकार नै गम्भीर अवस्थामा लागिरहेको यस्तो अवस्थामा सहयोग गर्छु भन्ने नेपाली संस्थाको सहयोग गर्न सक्ने परिधि वा क्षमता के हो भन्ने बारेमा पनि टास्क फोर्समा छलफल भएको थियो। घरमा थर्मामिटर नभएर ज्वरो नाप्न नपाउनेलाई एउटा उपलब्ध गराउनु त्यो संस्था वा व्यक्तिले दिने ठूलो सहयोग हो। देखिएको छ अहिले चाहिने अत्यावश्यक राहतका सामाग्री भनेको टैलेनोल, थर्मामिटर, मास्क, पन्जा र हेन्ड सेनिटैजर हुन् जुन घरघरमै पुर्याइएका तस्विरहरु नेपाली संस्था तथा व्यक्तिहरुको सामाजिक संजालमा देखिइरहेको छ ।

"त्यो असाध्यै राम्रो र सहासिक काम हो" जनसम्पर्क समिति न्युयोर्क टास्क फोर्सका संयोजक सुर्य लम्सालले बताए "यसका साथै हामीले स्थानिय सरकारसंग सहकार्य गरेर उनीहरुको योजना बुझी सरकारी प्रयत्नलाई सहयोग पुग्ने र हाम्रो समुदायलाई पनि राहत मिल्ने बिषयमा हात हाल्न जरुरी छ"। लामो समयसम्म स्थानीय नेतृत्वलाई सहयोग गर्दै न्युयोर्क शहरमा चिरपरिचित टास्क फोर्सका सदस्य तथा समाजसेवी मोहन ज्ञवाली, नवराज के सी, डा तारा निरौला, क्षेमाङ लामा, उर्गेन शेर्पा र श्याम कार्कीले नेपालीले सधै सहयोग दिने मात्र होइन, यस्तो आपतमा सरकारसँग राहत लिन पनि जान्नुपर्छ भन्दै कार्य योजना तयार बनाएका छन् । 

टास्कफोर्सका सदस्य तथा जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना र एनआरएनए अभियान्ता अन्जान चौलागाईंले समस्याको जानकारीका लागि क्विन्समा रहनुहुने नेपालीहरुसंग सम्पर्कमा रही सहयोगको वातावरण तैयार गरेका छन् । स्थानिय प्रभावशाली युवा छिरिङ्ग लामा र दिपेन्द्र लामाले विद्यार्थीको समस्या काहालीलाग्दो भएको र अहिल्यै नै यो बिषयमा स्थानिय र राष्ट्रिय नेतृत्वसंग बसेर छलफल गर्न टास्क फोर्सले पहल गर्ने बताए।

"हामीले फेडेरल सरकारको तर्फबाट कांग्रेसवोमन ग्रेस मेंग र नेपाली समाजसेवी बीच भिडियो कन्फरेन्स गराएर हाम्रो समस्या तथा हामीले पाउने सुबिधाको बारेमा जानकारी लियौं"  रोटरी क्लब न्युयोर्क "क्विन्स"का अद्यक्ष समेत रहेका नवराज केसीले भने, "भिडियो कन्फरेन्सको माध्ययमबाट भुतपुर्ब काउन्सिल वोमन तथा क्विन्स बोरो प्रेसिडेन्टका क्याण्डिडेटसंग सहयोगको अपिल गरिएको छ। एल्मर्स्ट हस्पिटल रहेको क्षेत्रको सिटि काउन्सिल्मेन ड्यानियल ड्रमसंग कन्फ्रेंस्कल गराएर धेरै उपयोगी सरकारी श्रोतका बारेमा जानकारी लियौं।" 

सरकारी श्रोत परिचालन गर्न लामो समयदेखि पहल गर्नुहुने शेर्पा किदुंगका अध्यक्ष उर्गेन शेर्पाले यो आपदमा नेपाली समाजलाई राजनीतिक व्यक्तित्वहरुसंगको सहकार्यबाट्नै धेरै सहयोग गर्न सकिने बताए। अमेरिका भरिका जनसम्पर्क समितिका टास्क फोर्सको संयोजन गरिरहेका जनसम्पर्क समिति अमेरिकाका महासचिवले न्युयोर्कको टास्क फोर्सको काँधमा ठुलो जिम्मेवारी आएको औंल्याए। 

टास्क फोर्सले न्युयोर्क क्विन्स्का नेपालीको वास्तविक समस्या र सरकारी सहयोगको सम्भावाना लाइ बुदागत रुपमा यसरी प्रस्तुत गरेको थियो।  अत्यावश्यक सामग्री टैलेनोल, थर्मामिटर, मास्क, पन्जा र हेन्ड सेनिटैजरको समस्याका लागि स्थानिय काउन्सिल-मेनलाई सम्पर्क गर्ने,त्यसका लागि टास्कफोर्सका सदस्यले स्थानिय लिडरसंग जोदिदिने, समान आइरहेको हुनाले स्टकको आधारमा आफै पनि तपाइंलाई उपलब्ध गराउने सहमति भएको छ। यसका लागि उर्गेन शेर्पा (718) 808-3677 र रोशन ढुंगाना (646) 724-4431लाई सम्पर्क गर्ने निर्णय भएको छ। 

कोरोनाको लक्षण आयो, हस्पिटल गएँ, टेस्ट गरें, पोजिटिब आयो, घर गएर बस भनेर पठायो, म घर जान हुन्न किनकि मेरो सानो ठाउं छ र अरुलाई सर्न सक्छ यस्तो अवस्थामा के गर्ने भन्ने बारेमा टास्कफोर्सका सदस्यहरुबीच हस्पिटललाइ समस्या भनेपछि होटेल मिलाइदिने अन्यथा टास्कफोर्सलाई फोन गर्ने र यसका लागि नवराज केसी (347) 567-8512सँग सम्पर्क गर्ने निर्णय भएको छ। 

मेरो घरमा मेरो साथीलाई कोरोना लागेको छ। म जोगिन खोज्दै छु। म याँहा बस्न सक्दिन के गरूँ? एक सदस्यले भनेको यो विषयमा टास्कफोर्समा छलफल हुँदा न्युयोर्कको गबर्नर अफिसमा यो बिषयमा छलफल भैरहेको तथा अपडेटका लागि श्याम कार्की: (347) 656-5326 लाई सम्पर्क गर्न सुझाव दिइएको थियो। 

मेरो परिवारमा कोरोनाको कारणले मृत्यु भयो। उहाँको शब हस्पिटलमा छ । म के गरौँ ? यस्तो प्रश्न पनि टास्कफोर्समा आएको थियो। यस्तो अवस्थामा मुनिन्द्र नेम्बाङ्ग (646) 379-9641, उर्गेन शेर्पा (718) 808-3677, अन्जान चौंलागाई (347) 656-6909 लाई सम्पर्क गर्ने सहमति टास्कफोर्समा भएको छ। 

मलाइ इम्प्लोयमेन्ट सम्बन्धि फर्म भर्न नआउनेको हकमा छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745 लाई फोन गर्ने टास्कफोर्सको निर्णय छ। 

म नेपाली बिद्यार्थी हुं । अनलाइन क्लास भैरहेको छ। पैसा तिर्न पर्छ । होस्टेलबाट निकाल्यो । बस्न सार्है दुख छ । पार्ट टाइम काम पनि छैन । नेपालबाट बाबाले पैसा पठाउन सक्नुहुन्न । वउहाको पनि जागिर छैन । मलाई सार्है गार्हो भयो - म के गरौँ ? यस्ता दुख र चिन्ताको सहजिकरण पनि टास्कफोर्सले गर्दै आएको छ। यस्तो अवस्थामा सहयोग गर्ने आश्वासन दिदै टास्क फोर्सले छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745सँग सम्पर्क गर्न भनेको छ। 

मेरो सानो ब्यापार थियो । हेर्नुस न एक महिना भयो घरभित्र छु । आम्दानी छैन र अब कोरोना समाधान भए पनि त्यो ब्यापार काम छैन ।  मलाइ बाच्न नै धौ धौ हुने भो । के गरौँ? यस्तो प्रश्नमा मोहन ज्ञवाली (646) 299-0447, नवराज केसी (347) 567-8512 को टास्क फोर्सले नम्वर दिएर सहजिकरणको प्रयास गरेको छ। 

मसंग जागीर छैन । रेन्ट तिर्न सक्दिन । अपार्टमेन्ट बाट निकाल्छ कि क्या हो । कहाँ जाउँ? एक प्रश्नको जवाफमा टास्कफोर्सले निकाल्दैन भनेर आश्वस्त पारेको थियो। ९ महिना सम्म रेन्ट नतिरेमा तपाईं बिरुद्द घर साहुले उजुरी दिन मिल्दैन । तर पछी गएर भने तपाइंले रेन्ट तिर्ने पर्छ । एकै चोटी कसरि १० महिनाको रेन्ट तिर्ने भन्ने कुराको सल्लाह राज्यले गर्दैछ । यसबारेमा थप जानकारी लिन मोहन ज्ञवाली (646) 299-0447, डा. तारा निरौंला (646) 265-1439 लाई सम्पर्क गर्न टास्क फोर्सले भनेको छ। 

हेर्नुस न, घर किनी पासो भयो । मोर्टगेज तिर्ने पैसा नै छैन। घर त लिलाम हुन्छ कि क्या हो? यस्तो चिन्तालाई सम्वोधन गर्दै टास्क फोर्सले भनेको छ। हुन्न, ढुक्क हुनोस । तपाइलाई रेन्टमा बस्न भन्दा अझ बढी फाइदा छ किनकि तीन महिना पछि चार महिनाको मोर्टगेज एकै चोटि तिर्न पर्दैन । यसको थप जानकारीको लागि मोहन ज्ञवाली (646) 299-0447, डा. तारा निरौंला (646) 265-1439 सम्पर्क गर्न भनेको छ।

मेरो कागज छैन। अमेरिका सरकारले मलाइ केहि दिन्न होला । काम पनि छैन । म कसरी बाच्नु? यस्तो समस्यामा टास्क फोर्सले ढुक्क हुन आग्रह गर्दै सिटीको पनि सहयोग हुने र फेरी कंग्रेसले अर्को बिल ल्याउदै छ। बिल पास गर्न गराउन सहयोग गर्ने कुरामा सुझाव दिएको छ। थप सहयोगका लागि छेमाङ लामा (347) 686-4957, दीपेन्द्र लामा (347) 935-2721, छिरिङ्ग लामा (347) 935-9745सँग सम्पर्क गर्न भनिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ