arrow

कास्कीमा शुरु भयो कोरोना ‘र्‍यापिड परीक्षण’

logo
रासस,
प्रकाशित २०७६ चैत २९ शनिबार
corona-test-kit.jpg

कास्की। जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि र्‍यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ। शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । रुपाका दुई वडाका आठ जनाको परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख बाबुराम आचार्यले बताए।

चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार जिल्लामा लकडाउनअघि आएका सबै जनाको परीक्षण गर्न लागिएको उनले जानकारी दिए। आरडिटी किटमार्फत कोरोना परीक्षण गर्दा १५ मिनेटमै नतिजा आउने बताइन्छ। 

“जिल्लामा आरडिटी परीक्षण शुरु भएको छ। सम्बन्धित स्वास्थ्यकर्मीलाई कार्यालयबाट परीक्षणको तालिम दिएर पठाएका छौं। तीन÷चार दिनभित्रमा विदेशबाट आएका र परीक्षणको मापदण्डमा पर्नेको जाँच गरिसक्छौँ”, आचार्यले भने। नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौमध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो।
 
पोखरा महानगरपालिकाभित्र परीक्षण मापदण्डमा परेका ३८८ रहेकामा सीमित मात्रामा किट आएकाले परीक्षण शुरु गर्न अन्योल भएको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए। महानगरलाई २४० थान मात्र किट प्राप्त भएकाले सबैको परीक्षण गर्न कठिनाइ हुने भएकाले व्यक्तिगत रेकर्ड हेरेर भेरिफाइ गरी मात्र परीक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ।
 
सङ्घीय सरकारले प्रदेश सरकारलाई कोरोना र्‍यापिड टेष्टका लागि पाँच हजार थान किट बिहीबार उपलब्ध गराएसँगै प्रदेशका नौ जिल्लामा परीक्षण शुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। मनाङ र मुस्ताङमा समेत आजदेखि परीक्षण हुने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ