arrow

डोटीमा दुई सय १३ जनाको रिपोर्ट नेगेटिभ, ३ सय ३०को रिपोर्ट आउन बाँकी

logo
प्रकाशित २०७६ चैत २९ शनिबार
doti-corona-test.jpg

डोटी। डोटीका बिभिन्न क्वारेन्टाइनमा बसेका दुइ सय १३ जनाको कोरोना (COVID-19) रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय डोटीको नेतृत्वमा बिभिन्न स्थानीय तहहरुमा गएको स्वास्थ्यकर्मीको टिमले र्‍यापिड डाइग्नोस्टिक टेष्ट (RDT) किटबाट गरेको जाँचमा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य बिष्टले जानकारी दिएका छन् ।

बुधबार मात्रै डोटीबाट तीन सय ३० जनाको स्वाब परिक्षणका लागि स्वाबको नमुना संकलन गरी काठमाण्डौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको थियो । उक्त रिपोर्ट भने आएको छैन । सो बाहेकका व्यक्तिहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (RDT) किटबाट जाँच गरिएको बताइएको छ । दुई सय १३ जना क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको नजिक रहेर खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु समेत रहेका बिष्टले बताए ।

र्‍यापिड डाइग्नोस्टिक टेष्ट (RDT) किटबाट जाँच भएका मध्ये आदर्श गाउँपालिकाबाट २५ जना, सायल गाउँपालिकाबाट २५ जना, बडीकेदार गाउँपालिकाबाट ६३ जना र बोगटान फुड्सिल गाउँपालिकाबाट १०० जना रहेका छन् ।

र्‍यापिड डाइग्नोस्टिक टेष्ट (RDT) किटबाट गरिने जाँचको रिपोर्ट १५-२० मिनेटमै आउने जिल्ला स्वास्थ्यले जनाएको छ । भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेका व्यक्तिहरुलाई समेत र्‍यापिड डाइग्नोस्टिक टेष्ट (RDT) किटबाट जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ