arrow

स्वाब सङ्कलन जारी

logo
नरेन्द्रसिह कार्की,
प्रकाशित २०७६ चैत २९ शनिबार
throat-swabs.jpg

दार्चुला। क्वारेन्टाइनमा बसेकाको स्वाब सङ्कलन शुरु भएको छ। हेलकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि आएपछि सो कार्य शुरु गरिएको हो। भारतलगायत विभिन्न देशबाट आएका नागरिकको स्वाब सङ्कलन गरेर परीक्षण गर्न जिल्लाका ६ ठाउँबाट स्वाब सङ्कलन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। ६ ठाउँबाट ५०० भन्दा बढी व्यक्तिको स्वाब सङ्कलन गरिँदैछ। नौ वटै स्थानीय तहमा भारतलगायतबाट आएका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिनेछ।

स्वाब सङ्कलन अपिहिमाल र मार्मा गाउँपालिकाको लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँ गाउँपालिकाको हिकिला र व्यास गाउँपालिकाको हुतीमा स्याब सङ्कलन गरिँदैछ। यस्तै, मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर तथा महाकाली नगरपालिकाको खलङ्गामा स्याब सङ्कलन शुरु गरिएको उनले बताए।

शनिबार शैल्यशिखरको गोकुलेश्वर र महाकाली नगरपालिकाको खलङ्गामा नेपाली सेनाको हेलिकप्टरमार्फत र मार्माको लटिनाथ, नौगाडको दल्लेख, दुहुँको हिकिला र हुतीका लागि कैलाश एयरको एमटी हेलिकप्टर मार्फत स्वास्थ्यकर्मी र औषधि आएको हो।

सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारतलगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी सङ्ख्यामा स्वाब परीक्षण गर्न लगाएका छौँ, प्रजिल पौडेलले भने, अन्य जिल्लामा २-३ सय व्यक्तिको मात्रै परीक्षण गर्दैछ। सबै स्थानमा अहिले स्वाब सङ्कलन भइरहेको जनाइएको छ।

यो क्षेत्रमा महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेरसमेत मजदूरहरु घर फर्किएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार भारतलगायतका ठाउँबाट जिल्लामा एक हजार ४०७ जना भित्रिएको तथ्याङ्क छ। तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्याङ्क भने समेटिएका छैन। जिल्लामा शुक्रबारसम्म २८० जना क्वारेन्टाइनमा बसेका छन्। आज सबै क्षेत्रको स्वाब सङ्कलन भइसक्ने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ