arrow

लकडाउनमा धनकुटा र हिलेबजारमा घरघरमानै तरकारी, दुध र ग्यास

logo
प्रकाशित २०७६ चैत २९ शनिबार
dhankuta-fncci1.jpg

धनकुटा। लकडाउनको समयमा उपभोक्ताहरुलाई सेवा पुर्याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमानै ताजा तकारी, दुध र खाना पकाउने ग्यास विक्रि वितरण गर्न शुरु भएको छ।

लकडाउनमा उपभोक्ताहरुले तरकारी लगायत अत्यावश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएकोले धनकुटा उद्योग बाणिज्य संघले व्यवसायीहरुसँग समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमानै लगेर विक्रि वितरण गर्ने व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए। 

हिले बजारमा हिले प्रहरी चौकीको सहयोगमा व्यावसायीहरुले बजार घुमाउदै उपभोक्ताहरुको घर अगाडीसम्म तरकारी दुधलगायतका अत्यावश्यक वस्तु तथा सामग्रीहरु गाडीमा लगि विक्रि वितरण गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर तामाङ्गले वताए।

धनकुटा बजारमा पनि धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरको सहयोगमा  उपभोक्ताहरुको सहजताको लागी प्रत्येक दिन विहान दुघ र सवै किसिमका ताजा तरकारी लगायत अत्यावाश्यक वस्तुहरु गाडीबाट धनकुटा बजार घुमाउदै प्रत्येक घर घर अगाडी लगेर विक्रि वितरण गर्ने व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नगेन्द्र काफ्ले वताए।

ग्यास लगायत अन्य दैनिक अत्यावाश्क वस्तुहरु समेत धनकुटा बजार दैनिक रुपमा घुमाउदै उपभोक्ताहरुको घर घरमानै व्यापारीहरुले लगी विक्रि वितरण गरिरहेको   धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ