arrow

डोटीका चार स्थानीय तहलाई २३ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

logo
चक्र कुँवर,
प्रकाशित २०७६ चैत २९ शनिबार
corona-doti-relief.jpg

डोटी। कोरोना भाइरस रोकथाम तथा नियन्त्रका लागी डोटीका चार स्थानीय तहलाइ करिव २३ लाख वरावरका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । मानविय सेवामा अनेकौ प्रयास नामक संस्थाले ती सामग्री हस्तान्तरण गरेको हो। 

डोटी जिल्लाका शिखर नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका र पूर्वीचौकी गाउँपालिकालाई ती सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए। अध्यक्ष जोशीका अनुसार प्रत्यक स्थानीय तहलाइ सेनिटाइजर ९ सय वोतल, सावुन १ हजार आठ पीस र सर्जिकल मास्क ६ हजार थान वितरण गरिएको हो। 

जोशीले पूर्वीचौकीमा स्थापना भएको क्वारेन्टाइनलाई ५० थान ब्ल्याङकेट र ५० थान म्याट पनि वितरण गरे । सो सामाग्री अध्यक्ष जोशीले शिखर नगरपालिकाका उपप्रमुख धौली देवी रावलाई नगरपालिकामै हस्तान्तण गरेका हुन्। 

सायल गाउँपालिकाको सामग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत नेपाली र वडा नम्वर ५ का अध्यक्ष गणेश वोगटीलाइ हस्तान्तरण गरिएको हो। त्यस्तै आर्दश गाउँपालिकाको सामग्री गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत डवल भाटलाई दिपायलमा हस्तान्तरण गरिएको हो। 

यसैगरी पूर्वीचौकी गाउँपालिकाको सामग्री सानागाउँको सरस्वती माध्यमिक विद्यालयमा त्यस क्षेत्रका विभिन्न राजनैतीक दलका नेता, जनप्रतीनिधीको रोहवरमा गाउँपालिका अध्यक्ष दिर्घराज वोगटीलाइ हस्तान्तरण गरिएको हो । 

विपतको वेला संस्थाले उपलब्ध गराएको सामग्रीले आफुहरुलाई ठूलो सहयोग पुग्ने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज वोगटीले बताए।  सामाग्री अस्तान्तरण कार्यक्रममा वोल्दै नेपाली कांग्रेस डोटीका नेता राप्रसाद उपाध्यायले सहयोग स्वरुप आपलब्ध भएका सामग्रीको सहि सदुपयोग हुनुपर्ने वताए। 

पूर्वीचौकी गाउँपालिकामा शनिवार ५० वेडको क्वारेन्टाइन पनि स्थापना गरिएको छ । सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष भक्तराज जोशीले आवश्यकता अनुसार थप सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ