arrow

कनेक्ट आइपीएसबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

logo
प्रकाशित २०७६ चैत २९ शनिबार
nepal-life-insurance.jpg

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपिएस मार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने जनाएको छ ।

कनेक्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी बीमा शुल्क भुक्तानी गर्न सकिने बताएको हो । कम्पनीको शाखा उपशाखा कार्यालयमा गइ प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपिएस मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत तथा सहज हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा र  प्रभु प्रे मार्फत भुक्तानी भइरहेको छ । त्यस्तै फोन पे मार्फत बैंक खाता कनेक्ट गरी र इन्भेष्टमेन्ट बैकको इनटरनेट बैकिङ मार्फत अनलाइनबाट  भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ