arrow

नयाँ बर्षको अवसरमा तुलसिपुरमा सातैदिन पसलहरु खुल्ला रहने

logo
प्रकाशित २०७६ चैत २९ शनिबार
tulsipur_chember.jpg

तुलसिपुर। स्थानिय सरकार र प्रशासनको समन्वयमा नया बर्षको अवसरमा आईतबार देखि तुलसिपुर क्षेत्रका अति आवश्यक खाधान्नका पसलहरु प्रतेकदिन बिहान ९ बजेसम्म खुल्ला रहने निर्णय गरिएको छ ।

शुक्रबार तुलसिपुर क्षेत्रमा सर्बसाधारणहरुको अत्यधिक भिड देखिए भएपछि स्थानिय प्रसासनले तत्कास नियन्त्रण गर्न ब्यापकरुपमा प्रहरि परिचालन गरेको थियो ।

जिल्ला प्रशान कार्यालय,तुलसिपुर उधोग बाणिज्य सघको समन्वयमा तुलसिपुर क्षेत्रका अति आबश्यक खाधान्नका पसलहरु सन्चालनमा आउने जानकारि गराईएको छ।

यता स्थानिय प्रसाशनले नागरिकहरुलाई अति आबश्क काम बाहेक घर बाहिर नजान बारम्बार अपिल गरेको छ । कुनै कारणबस अति आवश्यक काम परेको खण्डमा स्थानिय प्रहरिसगंको समन्वयमा मात्रै बाहिर निस्कन अपिल गरेको छ ।

यता तुलसिपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरु रावतले सामाजिक दुरि कायम गर्दै सर्बसाधारणहरुलाई किनमेल गर्न अपिल गरेका छन् ।

लकडाउनको समय लम्बिनसक्ने भन्दै अध्यक्ष रावतले उपभोक्तालाई सहज हुने गरि ब्यबसायीहरुले बिषम परिस्थितिको सामना गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ