arrow

उत्तरी अफगानिस्तानमा १० आतङ्ककारी मारिए

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
afgan.png.png
कुन्दुज, (अफगानिस्तान)। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चार्दर जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारीलाई लक्ष्यगरी अफगान सुरक्षाबलको विशेष इकाइले मङ्गलबार गरेको एक कारबाहीमा १० आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा कम्तीमा अन्य १० जना आतङ्ककारी पक्राउ परेका प्रान्तीय प्रवक्ता गुलाम हज्रात करिमीले बुधबार जानकारी दिएका छन् । 
 
सुरक्षा अधिकारीहरुका अनुसार चार्दर जिल्लाको हजाराता घोन्दी जिल्लामा भएको विशेष कारबाहीको क्रममा १० सशस्त्र आतङ्ककारी मारिनुको साथै अन्य १० पक्राउ परेका छन् । सो कारबाहीको क्रममा सुरक्षाबलले भारी मात्रामा हातहतियारसमेत कब्जा गरेको जनाइएको छ । 
 
यस अवधीमा सुरक्षाबलतर्फ भने कुनै हताहति नभएको जनाइएको छ । कुन्दुज प्रान्तमा सक्रिय रहेका तालिवान आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । यसैबीच दक्षिणी अफगानिस्तानमा मङ्गलबार भएको एक हवाई आक्रमणमा अल कायदासँग आवद्ध एक आतङ्ककारी मारिएका छन् ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ