arrow

कोरोनाबाट ११ नेपालीको गयो ज्यान, चार पूर्व गोर्खासैनिक, १०० भन्दा बढी संक्रमित

logo
प्रकाशित २०७६ चैत ३० आइतबार
corona-virus-human-body.jpg

काठमाडौं । कोरोना भाइरसका कारण अहिलेसम्म ११ नेपालीको ज्यान गएको छ । अमेरिकामा पाँच, बेलायतमा पाँच तथा संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपालीको ज्यान गएको हो ।  

११ औं व्यक्ति बेलायतमा रहँदै आएका नेपाली हुन् । बेलायतमा शनिबार एक पूर्व गोरखा सैनिकको निधन भएको हो । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।
 
मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । 

चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए । 

बेलायतले चार जना पूर्व गोर्खालाई खाइसकेको छ । यसअघि पूर्व गोर्खा सैनिकत्रय मेखबहादुर गुरुङ, चेतप्रसाद गुरुङ र लीलाबहादुर राईको ज्यान गएको थियो । 

बेलायतमै मृत्यु भएका अर्का एक जना भने पेशाकर्मी प्रशान्त अर्याल हुन् । 

यता दशौं व्यक्तिका रुपमा अमेरिकामा शनिबार एक जनाको मृत्यु भएको थियो । अमेरिकाको न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने ४७ बर्षीय राजकुमार थापाको मृत्यु भएको थियो । 

गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । न्यूयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टि गरेको हो ।

कोरोना संक्रमणबाट विश्वभरमा एक सय भन्दा बढी नेपाली संक्रमित भएका छन् । केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

नेपालमा भने अहिलेसम्म ९ जनामात्र संक्रमित रहेका छन् । जसमा एक जनालाई निको भएको छ भने बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । 

नेपालमा अहिलेसम्म अहिलेसम्म ४ हजार ४२६ वटा मात्र परीक्षण भएको छ । ८२ जना भने आइसोलेसनमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ