arrow

नयाँ वर्ष तिमी आऊ

logo
जानुका गुरागाई, 
प्रकाशित २०७६ चैत ३० आइतबार
januka-guragai-health-offic.jpg

नयाँवर्ष तिमी आऊ
कोरोनाको कहरले
चहर्याएको घाउमा लगाउने
मलमपट्टी बनेर आऊ ।

एकान्तवास र सामाजिक दूरीले
आक्रान्त पारेका मनहरू जोड्न
कोभिड १९ फालेर आऊ ।

भ्रष्टाचारको जालो काट्ने 
धारिलो कैँची र
इच्छाशक्ति लिएर आऊ
कोरोनासँग बच्नु नै छ अहिले 
ज्यान रहे लाख उपाय
मानवता जोगाउन 
सहकार्य

हातेमालो लिएर आऊ ।

हराउँदै गएको 
नेपाली संस्कार र संस्कृति 
लिएर आऊ
आचरण व्यवहार र कार्य शैली
परिवर्तन गर्ने 
हिम्मत लिएर आऊ ।

परनिर्भरतालाई त्यागेर 
आत्मनिर्भर बन्न सक्ने
आँट लिएर आऊ 
देश निर्माणका लागि
नयाँ नयाँ प्रविधि र
सीप लिएर आऊ ।

झुपडीहरूमा आँटा, पिठो र
भोक समन गर्ने 
साधन बोकेर आऊ
गोबरले लिपेका भित्ताहरूमा
अब प्रवासीका रेखाहरू
कहिल्यै नकोर्ने गरी 
सुदूर उज्यालो भविष्य 
लिएर आऊ ।
नयाँ वर्ष तिमी आऊ ।।
(कवि गुरागाई चिकित्सा शिक्षा आयोग, सानोठिमी, भक्तपुरकी शाखा अधिकृत हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ