- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लण्डन । विश्वभर फैलिएको कोरोना भाइरस (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स युएईमा १ जनाको ज्यान गएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा सापकोटाले जनाए ।
संक्रमित हुनेमा अमेरिकामा ५ सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानमारमा १ र हङकङमा १ जना हुन् ।
नेपालमा संक्रमितको संख्या १२ पुगिसकेको छ । आइतबार ३ जना थपिएका हुन् । संक्रमितमध्ये एक जनालाई निको भएको छ । (शर्मा कोभिड १९ एनआरएनए उच्चस्तरिय समितिका प्रेस संयोजक हुन्)