arrow

कोरोना बिरुद्धको सामग्री बनाउने आविष्कारकहरुलाई हौसला र सहयोग गर्न जोशीको माग

logo
प्रकाशित २०७६ चैत ३० आइतबार
nabindraraj-joshi.jpg

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले देशका युवा वैज्ञानीक र ईञ्जिनियरहरुले कोरोना बिरुद्ध लड्न सहयोग हुने सामाग्रीहरु निर्माण गरेकोमा बधाई तथा धन्यवाद दिएका छन्। 

बिरामीको प्रत्यक्ष सम्पर्कमा नआइकन जाँच गर्न सकिने सेफ्टी वुथ, खकारको नमुना लिन सकिने एयर भेन्टिलेटर, एरोसोल बक्स र ड्रोनबाट निरिक्षण गर्ने पद्धती लगायतको नेपाली युवा वैज्ञानीक र ईञ्जिनियरहरुले निर्माण गरेकोमा वधाई दिदै जोशीले कोरोना बिरुद्धको लडाईंमा ती सामग्रीले टेवा पुर्याउने विश्वास ब्यक्त गरेका छन्। काठमाडौं, धनगढी, सुर्खेत, झापा लगायत जिल्लाका यूवा वैज्ञानिक र इन्जिनियरहरुले यस्ता सामाग्रीहरु निर्माण गरेका छन्।

पूर्व मन्त्री समेत रहेका जोशीले भने, 'देशका युवा वैज्ञानिक र ईञ्जिनियरलाई धन्यवाद दिदै यस्तै हौसला र आविष्कारले हामी जस्तोपनि रोगसँग लड्न सक्छौ भन्ने कुरामा दुई मत छैन। विभिन्न बिकसित मुलुकहरुले अपनाएको उपायहरु हामीले सिकेर यहाँ अपनाउन सक्छौ। सरोकारवाला निकायको ध्यान यसतर्फ जाओस, हाम्रा देशका युवा आविष्कारकहरुलाई हौसला र सहयोगको जरुरत छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ