arrow

इपीएसको पहिलो दिन साढे २१ हजारको आवेदन

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
eps-korea.jpg.jpeg
काठमाडौं। दक्षिण कोरिया जानको लागि आजदेखि सुरू भएको इपीएसको लागि बुधबार २१ हजार ६ सय ३२ जनाले आवेदन फारम भरेका छन्। पहिलो दिन सो संख्यामा आवेदन फारम भरिएको इपीएस कोरिया शाखाले जनाएको छ। 
 
काठमाडौं उपत्यकामा ५ वटा तथा उपत्यका बाहिर पाँचवटा गरी कूल १० केन्द्रबाट लिईएको आवेदनमा उपत्यका भित्रबाट १२ हजार ६ सय ४५ जना र उपत्यका बाहिरबाट आठ हजार नौं सय ८७ सनाले आवेदन भरेको शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए। 
 
काठमाडौं भित्र ल्याबरेटरी स्कूल कीर्तिपुर, काठमाडौं भ्याली कलेज स्कूल महाराजगञ्ज, वेद विद्याश्रम गौशाला, च्यासल मैदान ललितपुर तथा महिन्द्र विद्याश्रम सातदोबाटोबाट आवेदन फारम भरिएको थियो। त्यस्तै उपत्यका बाहिर डडेल्धुरा, बुटवल, पोखरा जनकपुर र धरानबाट गरी पाँच स्थानबाट आवेदन गरीएको थियो। २०१७ मा कोरीया जाने कामदारहरूको लागि १८ गतेसम्म आवेदन भर्ने म्याद तोकिएको छ। यसको परीक्षा असार ४ र ५ गते हुने तथा नतीजा साउन ११ गते प्रकाशित गर्ने तयारी रहेको पनि निर्देशक बास्तोलाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ