arrow

कोरोना संक्रमितका लागि आवश्यक पर्ने आईसीयू र भेन्टिलेटर जडान

logo
नारायण वली,
प्रकाशित २०७६ चैत ३० आइतबार
pradesh-5.JPG

रुपन्देही । विश्वभर महामारीको रुपमा सन्त्रास फैलाउँदै आएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण एंव उपचारका लागि रुपन्देहीको बुटवल उप–महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवलमा रहेको धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा आईतवार (आज) देखि आईसोलेसन वार्डमा आईसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनमा आएको छ ।

यसअघि कोरोना विशेष अस्थायी अस्पताल भनिए पनि आईसोलेसनमा आईसीयू तथा भेन्टिलेटलर थिएन।कोरोना भाइरस संक्रमित विरामीहरुका लागि आवश्यक पर्ने आईसीयू र भेन्टिलेटर जडान गरिएको लुम्विनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य वहादुर भट्टराईले वताएका छन् । 

८ वटा आईसीयू बेड र ४ वटा भेन्टिलेटर जडान सम्पन्न गरिएको कोरोना भाइरस अस्थायी अस्पतालको प्रदेश–५ मुख्यमन्त्री शंकर पोख्रेलले आईतवार निरक्षण एंव उद्घाटन गरेका छन् ।

सो अवसरमा बुटवल उप–महानगरपालिका नगरप्रमुख शिवराज सुवेदी र अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालका बारेमा मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराएका थिए । 

यसैविच निरक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलसंगै उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री लिला गिरी, प्रदेश सांसदहरु दधिराम न्यौपाने, भूमिश्वर ढकाल, भोज प्रसाद श्रेष्ठ, विष्णु पन्थी र दीपा बिश्वकर्मा लगायतको सहभागिता थियो । 

बुटवलको धागो कारखाना परिसरमा बुटवल उप–महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण गरिएको उत्तः अस्पतालमा ५० वटा वेडको निर्माण गरिएको छ ।

हालसम्म सो अस्पतालमा ३१ जनाको ओपिडी उपचार भएको छ भने जसमध्ये ३० जना उपचारपछि निको भएर डिस्चार्ज गरिएको र एकजनाको उपचारका क्रममा मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ