arrow

गोदावरी नगरपालिकामा लकडाउनको तिब्र उल्लंघन भएको स्थानीयहरु कै आरोप

logo
प्रकाशित २०७६ चैत ३० आइतबार
Godawari.png

काठमाडौ । नेपालमा कोरोनाको कारण सरकारले लकडाउनको घोषणा गरेको १९ दिन सकिदा ललितपुरको गोदावरी नगरपालिकाको वडा नं ३ मा भने लकडाउन उल्लंघनको घटना बढेको स्थानीयहरुले बताएका छन् । 
साविकको गोदावरी गावीस वडानं १, ६,७ ,८ र नौमा त लकडाउनको खासै प्रभाव नै देखिएको छैन । सबैतिर खुल्ला छ । यसले गर्दा स्थानीयलाई त्रास सृजना गरेको एक स्थानीयले बताए । 
हरेक दिन बेलुका जग्गा प्लटिङ गरिएका ठाउँमा फुटबल खेलिन्छन् भने यहाँ बेलुका र बिहान त सडकभरी आवाज जावत गर्नेहरुको ताती नै लाग्ने गर्नेको छ । समुह बनाएर मर्नीङ वाक र इभिनिङ वाक हिड्नेको जमात नै छ । यहाँ आफन्त र इस्टमित्रको घरमा पनि विभिन्न बाहनामा आउने जाने क्रम जारी रहेको स्थानीयले बताए ।
तर उपमेयर मुना अधिकारीले भने अति आवश्यक भएको अवस्थामा स्थानीयहरु निस्किने मात्र हो । लगडाउन पालना गरिरहेको नै उनले बताइन् । बाहिरबाट आएको ७३ जना मध्ये ५० जनाको सामान्य टेस्ट गरिएको र अन्यको स्वाव टेस्ट गरिने उनले बताइन् । स्थानीयहरुले लकडाउन प्रभावकाकी नभएकोले  जोखिम बढेको भनेका छन् नी भन्दा उनी मान्न तयार छैनन् ।  

यो वडा यस क्षेत्रका संघीय सांसद नवराज सिलवाल तथा गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीको वडा हो । त्यसो त यहाँका वडा अध्यक्ष बालमुकुन्द घिमिरेले पनि लगडाउनमा प्रभावकारी बनाउन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् । स्थानीय प्रसासनले पनि चासो नदिएको उनीहरुको भनाइ रहेको छ । स्थानीय स्तरमा प्रतिष्ठित छबी बनाएकाहरुले नै लकडाउनको उल्लघन गर्दै हुल बाधेर हिडेका देखिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ