बेलायती प्रधानमन्त्री जोनसन उपचारपछि ‘अस्पतालबाट फिर्ता’
एएफपी,
प्रकाशित २०७६ चैत ३० आइतबार
576
Shares
लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताएका छन्।
करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए। तर उनका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो।
प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किएका छन् जहाँ उनले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनेछन्।
“उहाँको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल (केही दिन) काममा फर्किनुहुने छैन ।”