arrow

लकडाउनले अण्डा उत्पादक किसानको लगानी जोखिममा

logo
विवेक मिश्र,
प्रकाशित २०७६ चैत ३० आइतबार
egg.jpg

मोरङ। विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना भाईरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण मोरङ जिल्ला भरका करिव २ लाखको संख्यामा रहेका अण्डा उत्पादनका लागि पालिएको लियर्स जातका कुखुरालाई बचाउन र टिकाउन नसक्दा अण्डा उत्पादक किसानहरुको करोडौ लगानीमा जोखिम बढेको छ।

नेपाल अण्डा उत्पादक संघ मोरङमा दर्ता भएका मात्रै ३४ वटा कुखुरा फर्महरु रहेका छन् । जसमध्ये १ लाख ३५ हजार लियर्स जातका कुखुरा छन् । जसबाट हाल दैनिक १ लाख ५६ हजार अण्डा उत्पादन भईरहेका छन् । लकडाउनको कारण चारो नपाँउदा र पाएको चारोको पनि ढुवानी सहज नहुँदा दैनिक रुपमा उत्पादन हुने अण्डा फर्ममै कुहिन थालीसके  ।

चारो पाउन छाडे संगै ३५ हजार अण्डा उत्पादन गर्ने कुखुरा मासुको रुपमा बिक्रि समेत भईसकेको नेपाल अण्डा उत्पादक संघ मोरङका उपाध्यक्ष होम वास्कोटा बताउछन् । वास्कोटा सहित राजु डाँगी, नगेन्द्र अधिकारी, जितेन्द्र दाहाल, बिष्णु बस्नेत र गोविन्द अधिकारी मिलेर राम्रो आम्दानी होला भनेर बेलवारी ९ मा अण्डा उत्पादनको लागी कुखुरा पालन सुरु गरेका थिए ।

कुखुरालाई खुवाउने चारो पाउन छाड्यो, के खुवाएर बचाउने र बेचेका कुखुलाई कतिन्जेल टिकाउने यो समस्या उनिहरु जस्तै सबै कुखुरा पालक किसानको शाझा समस्या भएको छ । डेढ करोड भन्दा वढि लगानि गरेर केज प्रविधिबाट कुखुरा पालन गरेका थियौ अहिले समस्या पर्न थाल्यो मिर्मीरे एग्रो प्रालीका संचालक समेत रहेका होम वास्कोटा बताउछन् । उनले भने कुखुरालाई दाना र औषधी ल्याउनै समस्या पर्न थाल्यो ।

अहिले सम्म फार्ममा कुखुरालाई धाराबाटै पानी खाने व्यवस्था मिलाइएको छ । कुखुरालाई आवश्यकता भन्दा बढी हलचल गर्न पनि नमिल्ने गरी राखिएको छ । यसले दानामा कम खर्च हुनुका साथै अण्डा संकलनमा पनि सहज हुने उनि बताउछन् । बैंक बाट लोन लिएर सुरुगरीएका यस्ता कृषि फर्मको उत्पादन पनि घटेको र उत्पादित अण्डा पनि बिक्रिमा ढुवानीको कारणले असहज भएपछि लगानी जोखिममा परेको कृषकहरुले गुनासो गर्ने गरेका छन् ।

वैक तथा वितिय संस्थाहरु नखोल्दा थप समस्या भएको बेलवारी ११ का गुरुङ फोल्ट्री फर्मका संचालक शेर वहादुर घले बताउछन् । चारो लिन जाँदा क्यास लिएर आइज भन्छ यता बैक खुलेको हुदैन उनले भने यता कखुरा पनि विक्रि हुदैनन् । उनको फर्ममा १२ सय लेयर्स जातका कुखरा रहेका छन् । २० दिन भन्दा वढिको अण्डा बेच्न नमिल्ने भएपछि कृषकहरु चिन्तीत हुन थालेका छन ।

मोरङमा उत्तपादित अण्डा धरान, धनकुटा, हिले हुँदै तेह्रथुम सम्म जाने गरेको थियो तर ढुवानीको समस्याले पठाउन पाएका छैनौँ बास्कोटा बताउछन् । यता मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने कुखुरा पालन गर्ने कृषकहरुलाई दाना ओसार पसार गर्न दिइरहेको बताउछन् तर समग्र बजार नै बन्द भएको अबस्थामा कृषकहरु मारमा परेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ