arrow

धनकुटामा उद्योग बाणिज्य संघ धनकुटाको समन्वयमा घर घरमा तरकारी विक्रि

logo
प्रकाशित २०७६ चैत ३० आइतबार
dhankuta-fncci2.jpg

धनकुटा। धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज धनकुटा बजारमा ५ गाडी ताजा हरियो तकारी सुपथ मुल्यमा विक्रि वितरण गरिएको छ। लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पुर्‍याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजार क्षेत्रमा उपभोक्ताहरुको घर घरमानै ताजा हरियो तकारीहरु पुर्या‍ई जम्मा ५ गाडी ताजा तरकारी एकै दिनमा शुपथ मुल्यमा विक्रिवितरण गरेको हो। 

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम वहादुर तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, सुनिता थापा,लिजा श्रेष्ठ, अम्विका देवी धमला, नगेन्द्र काफ्ले, धनकुटा उद्योग बाणिज्य संघका कार्यलय प्रमुख सिचन प्रधान लगायतले धनकुटामा उद्योग बाणिज्य संघको समन्वयमा भैरहेको सुपथ मुल्यमा हरियो ताजा तरकारी विक्रि वितरण कार्यको प्रत्यक्ष रुपमा सहभागी भएर अनुगमन तथा सहजीकरण गरेका थिए।

यूवा व्यावसायी तथा समाजसेवीहरु, ओम तितुङ्ग, दिवेश खड्का, सरोज भूजेल, सोभित श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले धनकुटामा हरियो ताजा तरकारी विक्रि वितरण अभियानमा सहयोग गरेका थिए। धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नगेन्द्र काफ्लेको संयोजकत्वमा एक टोली र धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा यूवा व्यावसायी दिवेश खड्काको संयोजकत्वमा छुट्टा छुट्टै टोली बनाएर व्यापारी टोलीले धनकुटा बजारका उपभोक्ताहरुको घर घरमा ताजा हरियो तरकारी विक्रिवितरण कार्य गरेको थियो।

केही गरिव असाहयहरुलाई निशिुल्क ताजा तरकारी समेत वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्य रुपेश श्रेष्ठले बताए। चार किलो हरियो मोटर कोशा र तिन कोलो सागको प्याकेट बनाएर जिम्मा रु १ सय रुपैयामा विक्रि वितरण गरिएको यूवा व्यावसायी तथा समोजसेवी दिपेश खड्काले बताए।

कोराना भाईरसबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएकोले धनकुटा उद्योग बाणिज्य संघले व्यपारीहरुसंग समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमानै लगेर शुपथ मुल्यमा ताजा हरियो तरकारी विक्रि वितरण गर्ने व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए।

धनकुटा र हिले बजारका उपभोक्ताहरुलाई लक डाउनको समयमा घर घरमानै ताजा तरकारी, ग्यास लगायत अन्य दैनिक अत्यावाश्क वस्तुहरु समेत पुर्‍याई विक्रि वितरण गर्ने अभियानलाई अझ व्यवस्थित र अझ प्रभावकारी बनाउदै लैजाने धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तिुतङ्गले बताइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ