arrow

सन्तोस पन्तको ‘हिजो आजका कुरा’ प्रदर्शन स्थगीत

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
hijo-aajako-kura.jpg

काठमाडौं। ‘हिजो आजका कुरा’–दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अवसरमा सोमबार एक बिज्ञप्ती जारी गरि सो जानकारी दिएको हो ।

बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्म बैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोही अनुसार आफूहरु तयार रहेको भए तापनि अहिलेको बिषम परिस्थितिले गर्दा हाललाई फिल्म प्रदर्शन स्थगीत गरिएको निर्देशक साकारले बिज्ञप्तीमा उल्लेख गरेका छन् । उनले कोराना भाइरसबाट बच्नका लागि संयमता अप्नाउन सबैलाई आग्रह गर्दै सम्पूर्ण नेपालीमा नयाँ बर्ष २०७७ को शुभकामना ब्यक्त गरेका छन् ।

‘यहाँहरुले हामी र हाम्रो चलचित्रप्रति देखाउनु भएको माया र भरोसाप्रति हामी नतमस्तक छौं । जनजीवन सामान्य अबस्थामा फर्किएपछि हामी हाम्रो चलचित्रको नयाँ प्रदर्शन मिति तय गर्ने छौं ।’ बिज्ञप्तीमा निर्देशक पन्तले उल्लेख गरेका छन् । उनले केही समयअघि सार्वजनीक आफ्नो फिल्मको ‘माया जदौ’ गीतलाई दर्शकले अत्याधिक मन पराएकाले आफूहरुलाई थप हौसला मिलेको र भबिष्यमा समेत अझ बढी माया र साथ पाउने आशा ब्यक्त गरेका छन् ।

समसामयिक बिषयमा निर्माण गरिएको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युवमा अहिलेसम्म झण्डै ७७ लाख पटक हेरिसकिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ