arrow

सम्पत्ति जफत गर्ने निर्णय ‘खुल्ला चोरी’ : इरान

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
hassan-rouhani-moderate-nuclear-weapons-negotiations-general-assembly-obama.jpg.jpeg
तेहरान (इरान) । इरानले अमेरिकी एक अदालतले सुनाएको इरानी सम्पत्ति जफत गर्ने निर्णय ‘खुल्ला चोरी’ भएको बताएको छ । बुधबार इरानी राष्ट्रिय टेलिभिजनले बताएअनुसार अमेरिकी अदालतले इरानी सम्पत्ति जफत गर्ने र सन् १९८३ मा लेवनानमा भएको इरानी आक्रमणबाट पीडित परिवारजन तथा अन्य इरानी आक्रमणबाट पीडित परिवारलाई दिने भन्ने निर्णयको इरानी राष्ट्रपति हसन रौहानीले कडा आलोचना गरेका छन् । अमेरिकी अदालतको यस निर्णय इरानी सम्पत्तिमा डाँकामार्ने अभिप्रायबाट आएको  रौहानीको दाबी छ । 
 
राष्ट्रपति रौहानीले यसलाई अमेरिकाको इरानमाथि रहँदै आएको स्थायी शत्रुवत व्यवहार भएको इरानी संसदलाई सम्बोधन गर्ने क्रममा बताएको उक्त टेलिभिजनले बताएको छ । उनले परमाणु सम्झौता गर्दा गरिएका समजदारी कागजमा मात्र सीमित हुन पुगेको भन्दै अमेरिकाको कडा शब्दमा आलोचना गरेको बताइएको छ । एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ