arrow

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक योजनाहरु

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
ncell-logo.jpg

काठमाडौं। एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् र विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहककालागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ।

न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रति मिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् । 

ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी वा अंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ । 

नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ ।

गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्य हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् । 

यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले  यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशल्ुक प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् । 

उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ