arrow

लुम्विनी सुनसान हुँदा पर्यटन व्यवसायी र मजदुर मर्कामा

नयां वर्षमा ५० हजार पर्यटक आउने लुम्विनी सुनसान

logo
मणी प्रसाद गैह्रे,
प्रकाशित २०७७ वैशाख १ सोमबार
lumbini3.jpg

कपिलवस्तु। विगतका वर्षहरुमा  नयां वर्ष मान्नका लागी ५० हजार  आन्तरिक तथा वाहय पर्यटक आउने लुम्विनी यो वर्ष भने सुनसान बन्न गयो ।  विगतका वर्षहरुमा भगवान गौतम बुद्धको जन्म थलो गएर रमाउनेहरु यस वर्षको योजना भने विफल वन्न गयो । 

 वर्ष  अहिले कोभिड १९ कोरोना भाइरसका कारण गरिएको लकडाउन पछि लुम्बिनी सुनसान छ । लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले नयां बर्षका दिन ५० हजार बढी पर्यटक आउंने गरेकोमा यस बर्ष जारी लकडाउनले लुम्बिनी पर्यटक बिहीन भएको बताएका छन् ।

आन्तरिक तथा  बिदेशी पर्यटकले भरिभराउ रहने गरेको बुद्धको जन्मथलो लुम्बिनी सुनसान छ । कोरोना भाइरस कोभिड–१९ त्रास र लकडाउनले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी अहिले सुनसान बनेको हो । लुम्बिनी विकास कोषले मन्दिर प्रवेश बन्द गरेको छैन । तर कोरोनाको त्रासले मन्दिरमा कोही नआउँदा सुनसान भएको हो ।

लुम्बिनी गुरुयोजना क्षेत्रको ३ वर्ग स्क्वायर माइलमा स्वदेशी तथा विदेशी पर्यटक देखिन छाडेका छन् । गत बर्ष २०१९ को मार्च महिनामा लुम्बिनीमा २९ हजार ४ सय विदेशी पर्यटक आएका थिए । २०२० मार्चमा ८ हजारको हाराहारीमा आए । कोरोनाले गर्दा लुम्बिनी सुनसान बनेको छ, चेक गर्न बसेका सुरक्षाकर्मी मात्र गेटमा छन ।

पर्यटकको आगमन रोकिएसँगै लुम्बिनी क्षेत्रका होटल व्यवसाय तथा रिक्सा, ई–रिक्सा चलाएर साँझ बिहानको छाक टार्नेहरु मर्कामा परेका छन् ।

कोरोना भाईरसका कारण बढेको त्रास र लक डाउनले बुद्ध जन्मस्थल लुम्बिनीका सबै विहार, मन्दिर र स्तुपा बन्द छन् । कोरोना संक्रमण बढदै गएपछि सतर्कता अपनाउंदै मन्दिर, विहार र स्तुपा बन्द गरिएका हुन् ।

चीनको जोङहुवा बौद्ध मोनाष्ट्री, थाईल्याण्डको रोयय थाई मोनाष्ट्री, जर्मनको द ग्रेट लोटस स्तुपा र भारतको महाबोधी सोसाईटी मन्दिर बन्द गरिएका छन । त्यस्तै कम्बोडियन विहार, म्यानमारको गोल्डेन टेप्पल, भियतनामी टेम्पल र गेडेन टेम्पल अष्ट्रिया बन्द भएका छन् ।

त्यस्तै नव मैंत्री महाविहार, थेरबाद संग्रहालय र धर्मोदय सभाको विहार पनि बन्द भएका छन् । महामारीका बेला आफु पनि जोगिने अरुलाई जोगाउने तिर ध्यान जानु पर्ने हुँदा विहार बन्द गर्नु परेको चिनिया बौद्ध विहार प्रमुख भिक्षु सुचुङ युङले बताए । अवस्था सहज भएपछि सदा झै खोल्छौं, उनले भने, त्यस अवधिमा सबै नेपालीलाई संयमता अपनाई घर भित्र सुरक्षित बस्न आग्रह गछौं ।

थाई विहारले आफना सबै कर्मचारीलाई लकडाउन अवधिभर विदा समेत दिईसकेको छ । सबै विहारले ढोका बन्द गरेर मन्दिर बन्द रहेको सूचना टा“स गरेका छन् । लुम्बिनीमा संचालन रहेका विभिन्न मुलुकका २२ विहार टेम्पल छन लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीले भने,’सबै बन्द छन्’ ।‘सतर्कता अपनाउन आग्रह गरेका थियौं’ उनले भने । 

त्यसपछि मन्दिर र विहार धमाधम बन्द भएको उनले बताए । सतर्कता अपनाई मन्दिर भित्रै परित्रान र बुद्ध पूजा गर्न सबैलाई आग्रह गरिएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महाअस्थवीरले बताए । विश्व संपदा सुचिमा रहेको लुम्बिनी मुलुकै प्रमुख पर्यटकीय गन्तब्य हो । स्थानीय होटल व्यवसायी र वरपरका किसान बाहेक यहां कोही पनि आएका छैनन् ।

यहां सय भन्दा बढी मुलकका विदेशी पर्यटक आउने गर्छन् । लुम्बिनीका विहार मन्दिर बन्द भएसंगै लुम्बिनी चकमन्न बनेको छ । मायादेबी मन्दिर भने बन्द छैन् । यो संगै कपिलवस्तुको तिलौराकोट, कुदान क्षेत्रमा पनि यस्तो शुन्यता छाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ