arrow

अमेरिकाले चिनियाँ टेलिकमलाई अमेरिकी बजारमा सेवा गर्न रोक्ने

logo
प्रकाशित २०७७ वैशाख २ मंगलबार
usa-china.jpg

काठमाडौं। अमेरिकाले चाइना टेलिकमलाई अमेरिकी बजारमा सेवा गर्न रोक्ने धम्की दिएको छ । अमेरिकी न्याय विभागले अमेरिकी सरकारका शीर्ष विभागहरुको कानुनी र सुरक्षा जोखिमको कारण देखाउँदै चीनको राजधानी बेइजिङद्धारा नियन्त्रित चाइना टेलिकमलाई अमेरिकाका बजारमा सेवा गर्नबाट रोक्ने जनाएको हो। 

अमेरिकाका रक्षा, राज्य र आन्तरिक सुरक्षा लगायतका विभागहरुले विस्तृत रुपले गरेको समीक्षापछि संघीय संचार आयोगले चिनियाँ टेलिकमको अमेरिकाका लागि आधिकारिकता खारेज र बन्द गर्नुपर्ने पनि जनाएको छ ।  

न्याय विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यकारी शाखा एजेन्सीहरुले चिनियाँ टेलिकमको प्रयोगले अमेरिकामा सुरक्षा जोखिम बढेकाले यसलाई तत्काल बन्द गर्नु नै उपयुक्त हुने निष्कर्ष निकालेको बताएको हो । 

एजेन्सीहरुले चाइना टेलिकमले अमेरिकी अधिकारीहरुलाई गलत रिपोर्ट गरेको समेत उल्लेख गरेको न्याय विभागले बताएको छ । 

चाइना टेलिकमले अमेरिकी रेकर्ड भन्डारण गरेको र साइबर सुरक्षासमेत प्रवन्ध गरेकाले अमेरिकामा अझ बढी सुरक्षा संवेदनशीलता रहेको पनि न्याय विभागले बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा संलग्न विदेशी टेलिकम कम्पनीहरुसंग सम्बन्धित राष्ट्रिय सुरक्षा चिन्ताबारे समीक्षा गर्न निकाय गठन गरेको पाँच दिनपछि न्याय विभागको यो निर्णय सार्वजनिक भएको हो ।   

पछिल्लो समय कोरोना भाइरस चीनबाट अमेरिकामा सरेको र त्यसले सबैभन्दा बढी क्षति गरेको सन्दर्भलाई जोडेर अमेरिकाले अब चीनसंगको कतिपय सम्बन्धलाई विस्तारै घटाउँदै जाने नीति लिएको यो घटनाले संकेत गरेको बुझ्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ