arrow

स्याङजामा अहिले सम्मको कोरोनाको रिपोर्ट नेगेटिभ 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
corona-test1.jpg

स्याङ्जा। स्याङजाका बिभिन्न स्थानीयतहमा गरिएको कोरोना भाइरसको नमुना अहिले सम्म सबैको रिपोर्ट नेगेटिभ आएको छ। जिल्लामा सोमबार सम्म गरिएको ३ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको हो  र्‍यापिङ डाइगोनिष्टक टेष्ट बिधिद्धारा गरिएको परिक्षणको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चैत्र २ गतेयता बिभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना स्वाब एवं रगत परिक्षण गरिदै आएको छ। यसअघिका ९७ जनाको स्वाब नमुना संकलन गरि पोखरामा परिक्षणका लागि पठाइएको थियो।

त्यहाँ पठाइएका नमूना श्वाव पनि नेगेटिभ आएका थिए भने  पछिल्लादिनमा २ सय ४३ जनाको नमूना परिक्षण भने स्याङजामै गरिएका हुन। र्‍यापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परिक्षण किटमा राखेपछि केही वेरमै रिपोर्ट पत्ता लाग्ने बिधि हो। ६ सय २४ जना वैदेशिक रोजगारबाट स्याङजा आएको जनाइएको छ। पहिलो चरणमा जिल्लाका सबै पालिकामा विभिन्न देशबाट आएर होम क्वारेन्टाईनमा बसेका केही युवाको स्वाब लिइएको थियो। बाँकीको पनि स्वाब लिएर परिक्षण गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ