arrow

चार दिन हिडेर बुटवल आएका २२ मजदुरहरुको उद्धार गर्न पहल शुरु 

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
labour-street-rest.gif

रुपन्देही । सिन्धुलीको हकपारामा निर्माणाधिन सडकको नाला वनाउनका लागि पुगेका बर्दियाका २२ जना मजदुरहरु ४ दिन पैदल यात्रा गरी प्रदेशको अस्थायी मुकाम बुटवल आईपुगेका छन् ।

सरकारले लकडाउनको घोषणा गरेपछि खानपिनको समस्यामा परेपछि आफुहरु वाध्य भएर हिँडेरै भएपनि घर जाने निधोका साथ हिडेको मजदुर मान वहादुर चौधरीले वताए ।

जिल्लाको सुचनासँगै सरकारको निर्देशनलाई पालना गर्दै दिउँसो साँढे २ वजे बुटवल आइपुगेका उनीहरुको खानपिन र उद्धारका लागि लाईन्स क्लव अफ बुटवल युथका प्रतिनिधि मनमोहन लाल गुवाजु त्यहाँ पुगेका थिए।

मजदुरहरुको उद्धारका लागि गुवाजुले बुटवल उप–महानगरपालिका वडा नं.१ का वडाध्यक्ष महेन्द्र लिगललाई जानकारी गराएका थिए। वडा अध्यक्ष लिगलले उनीहरुको बिषयमा बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीलाई जानकारी गराएको जानकारी दिए ।

यसैविच यता लाईन्स क्लव अफ बुटवल युथको पहलमा प्रदेश नंं ५ भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उनीहरुलाई भेटेर सुरक्षित रुपमा घर सम्म पुर्‍याउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ