arrow

नेपालीले नै बनाएको रोबोर्टबाट आइसोसेशनमा भएका बिरामीलाई खाना र औषधि दिन सक्ने

logo
प्रकाशित २०७७ वैशाख २ मंगलबार
corona-dron-robort.jpg

काठमाडौं। रोबोटिक्स एसोसिएसन अफ नेपालले खाना तथा औषधि बोक्ने रोबोर्टको पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगंजमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

आइसोलेसनमा रहेका बिरामीहरुलाई खाना तथा औषधि बिरामीको बेडसम्म पुर्याउन यो रोबोर्ट सहयोगी बन्ने रोबोटिक एसोसिएसनका अध्यक्ष बिकाश गुरुङले बताए। कोरोना भाइरसका बिरामीहरुको बेडसम्म पुग्न नर्स तथा डाक्टरहरुलाई सहज अवस्था नरहेको अवस्था यस रोबोर्टको माध्यमबाट सामाजिक दुरी कायम गर्दै सेवा दिन सकिने उनले बताए। नेपाली साथीहरुले नै बनाएको यस रोर्वटलाई संचालन गर्न सजिलो तथा सामान जनि निक्कै बोक्न सक्ने हुदा अस्पतालहरुमा प्रयोग गर्न सहज हुने उनले बताए।

यही चैत्र ३० गते विकासकर्ता सहितको टोलीले शिक्षण अस्पतालका बायोमेडिकल ईन्जिनियरसँगको समन्वय पश्चात शिक्षण अस्पतालमा परिक्षण समेत गरिएको छ। शिक्षण अस्पतालसँगको समन्वयतामा यस रोबोटका एक विकासकर्ता तथा कान्तिविर नामक समुहका पंकज जपरेलको मुख्य भुमिका रहेको छ भने रिचन जोशी, पृथ्वी चौधरी, अनिल सिंह समेतले निर्माणमा काम गरेका छन्। अस्पलातहरुले माग गरेमा थप रोबोर्ट निर्माण गर्न सकिने उनीहरुको भनाइ रहेको छ। 

रोबोट बनाउने समुहले अस्पतालका निर्देशक डा प्रेमकृष्ण खड्गलाई परीक्षण सम्बन्धी जानकारी दिएर आइसोलेसन वार्डमा रहेका नर्सहरूसँग वार्तालाप गर्दै थप सुझाव लिएका थिए।

निर्माणकर्ता मध्येका पृथ्वी चौधरीले रोबोट कसरी सञ्चालन गर्ने र हरेक बेडमा खाना तथा औषधिहरू कसरी ढुवानी गर्ने भन्ने बारेमा एक डेमो प्रस्तुति गरेका थिए। आइसोलेसन वार्ड कोरोना आशंका लागेका तथा संक्रमित बिरामिको उपचारको लागि तयार गरिएको हुँदा उक्त सफल डेमो प्रस्तुति हाम्रो लागि कोसेढुंगा सावित भएको बताए।

साथै ओजटेक नामक संस्थाका रिचन जोशीले एफपीभी  सेटको साथ रोबोट कसरी प्रयोग गर्ने, यसलाई कसरी सजिलैसँग नियन्त्रण गर्न सकिन्छ र कसरी स्वास्थ्यकर्मीहरूले यसलाई खाना तथा औषधी वितरणमा सञ्चालन गर्न सक्षम हुनसक्छन् भन्ने बारेमा नर्सहरूलाई विस्तृतमा ज्ञान दिएका थिए। एफपीभी सेटको सहायताले रोबोट चालकले रोबोटको नजरबाट रोबोट कसरि गुडिरहेको छ भन्ने जानकारि रोबोटमा राखिएको क्यामेराको दृश्य सहित हेर्न सक्छन्। पंकज जपरेलले सफलतापूर्वक रोबोटलाई आइसोलेसन वार्डमा चलाए पश्चात रोबोटले कसरी स्वचालित रूपमा आफ्नो तथा बिरामीको सरसफाई गर्न सक्छ र बिरामी र स्वास्थयकर्मिहरू बिचको संवाद कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीहरूबाट सुझाव लिए। रोबोटलाई सम्माननिय स्वास्थ्य मन्त्री भानुभक्त ढकालको समक्ष चैत्र २ गते दिउँसो २ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत प्रदर्शनी गरिएको थियो।

रोबोटको सहायताले नर्सहरु तथा स्वास्थ्यकर्मिहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशंका लागेका तथा संक्रमित बिरामिहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिन्छ भन्ने आशा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ